काठमाडौँ । एक घाइते युवतीको उद्धारका लागि हेलिकप्टर उड्न नमान्दा ज्यान गुमाउनु परेको छ । रुखबाट लडेर घाइते बनेकी सल्यान शारदा नगरपालिका–८ निवासी २१ वर्षीया कल्पना आचार्यको हेलिकप्टरबाट उद्धार हुन नसक्दा निधन भएको हो ।

आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो दुःखद घटनाको बारेमा जानकारी गराएका छन् । दुर्घटना भएको १८ घण्टासम्म पनि हेलिकप्टरबाट आफ्नो बहिनीको उद्धार हुन नसकेको र अन्ततः ज्यानै गुमाउनु परेको भन्दै गौतमले लेखेका छन्, ‘केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।’

उनले समाजिक सञ्जालमा लेखेका छन्,उनी मेरी फुपुकी छोरी बहिनी,

गत फागुन ४ गते रुखबाट लडेर गम्भीर घाइते भएकी शानपा–८ सल्यानकी २१ वर्षीय कल्पना आचार्यको उपचार काठमाडौँमा मात्र सम्भव भएको र उनलाई हेलिकप्टरबाट मात्र उद्धार गर्न सकिने सल्यान अस्पतालका डाक्टरहरुले सिफारिस गरे । एम्बुलेन्सबाट उद्धार गर्दा बाटोमै मृत्यु हुन सक्ने डाक्टरहरुको भनाइ थियो ।

यो परिस्थितिको सृजना पछि शानपा प्रमुख, प्रदेशका मन्त्री, प्रदेश सभासद, प्रमुख जिल्ला अधिकारी, केही सामाजिक कार्यकर्ता लगाएतले हेलिकप्टरबाट उद्धारको प्रयास गरे ।प्रयासस्वरुप सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले उद्धार खर्च ब्यहोर्ने सहमती भयो । कागजको ओहोर दोहोर र कागजले काठमाडौँ, सुर्खेत सल्यानको फन्को लगाउदै गर्दा बिरामी रुखबाट लडेको करिव ९ घण्टा बितिसकेको थियो ।

कागजी प्रकृया पूरा गरि गृहमन्त्रालयमा पुगेको केही समयपछि मन्त्रालयले भनिदियो, ‘अहिले हेलिकप्टर उडाउन सकिँदैन ।’हेलिकप्टरबाट छोरीको उद्धार गरि छोरीलाई निको बनाउने अभिलाशा राखेका घाइतेका बा, आमा, नातागोता मन्त्रालयको यो जवाफले निराश भए र रुख बाट लडेको करिव १८ घण्टा पछि राति कल्पनाको दुःखद निधन भयो ।: रातोपाटी

बिडम्बना!

सबैले चाहदाचाहदै, बच्ने सम्भावना रहँदारहँदै पनि राज्यले एउटा नागरिक बचाउन सकेन । राज्यका अङ्गहरु परिचालित हुँदाहुँदै पनि एउटा मिसन पुरा हुनसकेन ।

तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य सम्यन्त्र किन प्यारालाइज्ड देखिन्छ रु यी कागजी प्रकृया र भनसुनबाहेक नागरिकले तत्काल सेवा पाउने अर्को संयन्त्र तयार गर्नुपर्ने हो कि रु राज्य संयन्त्र निर्देसित मात्र देखियो, यसलाइ उत्तरदायी र मानवीय बनाउन ढिलो हुँदै छ कि रु तिमी यस्तो देश मा जन्म लिएकी थियौ जहाँ केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।

हार्दिक श्रद्धाञ्जली बहिनी ।

तिम्रो आत्माले शान्ति पाओस् ।

उनि मेरि फुपु कि छोरि बहिनि?
गत फाल्गुन ४ गते रुख बाट लडेर गम्भीर घाइते भएकी शानपा ८ सल्यान कि २१ बर्षिय कल्पना आचार्यको उपचार काठमाण्डुमा मात्र सम्भब भएको र उन्लाइ हेलिकप्टर बाट मात्र उद्दार गर्न सकिने सल्यान अस्पतालका डाक्टर हरुले सिफारिस गरे।एम्बुलेन्स बाट उद्धार गर्दा बाटोमै मृत्यु हुन सक्ने डाक्टर हरुको भनाइ थियो।
यो परिस्थितिको श्रीजना पछि शानपा प्रमुख,यो प्रदेशका मन्त्री,प्रदेश सभासद,प्रमुख जिल्ला अधिकारि,केही सामाजिक कार्यकर्ता लगाएतले हेलिकप्टरबाट उद्धारको प्रयास गरे।
प्रयास स्वरुप सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशले उद्धार खर्च ब्यहोर्ने सहमती भयो।कागजको ओहोर दोहोर र कागजले काठमाण्डु,सुर्खेत सल्यानको फन्को लगाउदै गर्दा बिरामी रुख बाट लडेको करिव ९ घण्टा बिति सकेको थियो।
कागजी प्रकृया पूरा गरि गृहमन्त्रालयमा पुगेको केही समय पछि मन्त्रालयले भनिदियो-अहिले हेलिकप्टर उडाउन सकिँदैन।
हेलिकप्टर बाट छोरिको उद्धार गरि छोरी लाई निको बनाउने अभिलाशा राखेका घाइतेका बा,आमा,नातागोता मन्त्रालयको यो जवाफले निराश भए र रुख बाट लडेको करिव १८ घण्टा पछि राती कल्पनाको दुखद निधन भयो।
बिडम्बना!
सवैले चाहदा चाहदै,बच्ने सम्भावना रहदा रहदै पनि राज्यले एउटा नागरिक बचाउनसकेन।राज्यका अङ्ग हरु परिचालित हुदाहुदै पनि एउटा मिसन पुराहुनसकेन।
तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य सम्यन्त्र किन प्यारालाइज्ड देखिन्छ?यी कागजी प्रकृया र भनसुन बाहेक नागरिकले तत्काल सेवा पाउने अर्को सम्यन्त्र तयार गर्नुपर्ने हो कि?राज्य सम्यन्त्र निर्देसित मात्र देखियो,यस्लाइ उत्तरदायी र मानबिय बनाउन ढिलो हुँदै छ कि? तिमि यस्तो देश मा जन्म लियकि थियौ जहा
केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामि बोक्न सम्पुर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन्। माफ गर बहिनि।
हार्दिक श्रद्धान्जली बहिनि।
तिम्रो आत्माले शान्ती पाओस।

https://www.facebook.com/photo.php?fbid=1062318397462645&set=pcb.1062318597462625&type=3&__tn__=HH-R&eid=ARBegO_mM78533A6STaVGwerUI-Wi12dkTnQx4WACl9U6ab9-2NWHhe1_e_j3XRWX1LiJ64aaIBjyC_U

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार