जलथल। हल्दिबारि गाउँपालिका ३ नम्बर वडा ले बांजो मुक्त वाड घोषणा गर्ने कार्यक्रम अन्तिम चरणमा पुगेको वडा अध्यक्ष रोशन सिवाकोटी ले बताएकी छन । वडा अध्यक्ष सिवाकोटी का अनुसार बिपन्न परिवारहरुको बाहुल्य रहेको यस वडालाइ नमुना कृषि वडा को रुपमा अगाडी बढाउन लागि परेको र ८० प्रतिशत काम सकिएको बताएकी छन ।

कृषिलाई मध्यनजर गर्दै कृषकहरुको लागि ८ वटा पावर टेलर मिसिन,८ ओटा धान काट्ने मिसिन, ५०/५० प्रतिशत को साझेदारी कार्यक्रम अनुसार १८ लाख बराबरको किसानहरुलाइ बितरण गरिएको वडा सदस्य तथा कृषि संयोजक नेत्र बहादुर गिरि ले बताएका छन ।

धान,मकै खेतीलाई नै मध्य नजर गर्दै बिपन्न परिवारका किसानलाई चैते धान खेतिको लागि १० कठ्ठा बराबर १० हजार अनुदान स्वरुप बितरण गर्न लागेको वडा सदस्य जित बहादुर मेचेले बताए ।

किसानलाई मकै छोडाउने, मकै रोप्ने मेसिन उपलब्ध गराएको वडाले आबस्यकता अनुसार किसानलाइ कृषि सामग्रीहरु अनुदानमा उपलब्ध गराइ आत्मा निर्भर बनाउन लागि परेको जनाएको छ । कृषिमा आश्रीत किसानहरुको ६० समूह भन्दा बढी लाई सिंचाइ मोटर उपलब्ध गराएको वडाले कृषिलाई प्राथमिकता को साथ अगाडि बढाएको देखिन्छ ।

वडा नम्बर ३ का ८० प्रतिशत भन्दा बढी किसानहरुले समुह र ब्यक्तिगत रुपमा वडा र गाउँपालिका बाट सिंचाइको सहयोग प्राप्त गरिसकेको कार्यपालिका सदस्य सर्मिला बिश्वकर्माले बताइन ।

ल्दिबारी गाउँपालिकामै चिनिएको धार्मिक तथा पर्यटकिय गन्तव्यहरु स्वर्गद्वारी , दुधकन्या र बाघ डांडालाई प्रचार-प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनलागि परेको वडा सदस्य मातृका देवि भट्टराईले बताइन  ।

वडालाइ अँध्यारो मुक्त बनाउने अभियान अनुसार १५ वटा सोलार, ११ वटा सेन्सर बत्ती जडान गरिसकेको छ भने जंगली हात्तिलाइ मध्य नजर गर्दै ३५ वटा सेन्सर बत्ती जडान गर्ने अन्तिम चरणमा पुगेको अध्यक्ष सिवाकोटीले बताइन ।

वडा अध्यक्ष सिवाकोटी का अनुसार वडाले पुर्बाधार, अँध्यारो मुक्त बांजो खेत मुक्त अर्गानिक खेती र पशु पालनलाई महत्त्व को साथ अगाडि बढाएको छ। बिपन्न परिवारलाई ३६ वटा गाई तथा बाछाहरु बितरण गरिएको छ भने बालमैत्री वडा घोषणा गर्ने कार्यक्रम लाई प्राथमिकता का साथ अगाडि बढाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार