सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न अत्यावश्यक अवस्थामा बाहेक नेपालीलाई विदेश नजान आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर कोरानाको संक्रमण विश्वभर फैलिएपछि अत्यावश्यक अवस्था बाहेक नेपालीलाई विदेश नजान ट्राभल एड्भाइजरी जारी गरेको जानकारी दिए ।

‘हामी जुन(जुन बाटो हिडेका छौं। प्राय सबै ठाउँमा संक्रमण देखिएकाले त्यसमा सतर्क रहन अत्यावश्यक वाहेक ती मुलुकहरूमा भ्रमण नगर्न र अन्त पनि सामान्यतया भ्रमण नगर्न ट्राभल एडभाइजरी जारी गरेका छौं’ परराष्ट्रमन्त्री ज्ञवालीले भने । यस्तै, सरकारले पहिलो पटक गर्न लागेको सगरमाथा संवाद कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनका कारण स्थगित गरेको औपचारिक जानकारी गराएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले आगामी चैत २० देखि २२ गतेसम्म हुने भनिएको संवाद तत्काललाई स्थगित गरिएको बताए । ‘उपयुक्त समय हेरेर फेरि गर्ने गरी सिफारिस गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षसहित सगरमाथा सम्वादको पहिलो श्रृंखलालाई स्थगन गरेको जानकारी गराउँछौं’ उनले भने ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार