लहान– सिरहाको कर्जन्हा नगरपालिका–३ जनकचोकस्थित सडकमा मंगलबार बोलेरोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ज १ च १३६९ नम्बरको बलेरो पिकअपले ठक्कर दिँदा पैदलयात्री कर्जन्हा नगरपालिका–३ निवासी ६५ वर्षीया कबुत्रीदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

बोलेरोको ठक्करबाट गम्भीर घाइते यादवको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार