राष्ट्रिय सभाको दुई वर्षे पदावधी सकिएपछि मंगलबार राजीनामा दिएका खतिवडा पुनः सोही पदमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा। खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा डा। युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री ओलीले सम्हाली आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार पनि मन्त्री खतिवडाले नै सम्हाल्ने विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार ९हिजो० सकिएको हो । गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका डा। खतिवडासहित १९ जनाको पदावधि सकिएको हो ।
धारा ७८ को उपधारा १ मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने ‘उल्लेख छ ।
तर नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले छ महीनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नु पर्ने व्यवस्था उपधारा २ मा उल्लेख गरिएको छ । खतिवडाको राजीनामा स्वीकृत गरेर दुवै मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यभार तोकेकी थिइन् ।