जिल्लाको पूर्वीचौकी गाउँपालिका–६ मेलगैरामा यात्रुबाहक जीप बिहीबार दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये हुम्ला जिल्लाका दानसिंह टमटा र अशोक बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि कैलालीतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो ।

दुर्घटनामा परी घाइते भएका अन्य १२ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यात्रु सङ्ख्या बढी भएका कारण जीप अनियन्त्रित भई दुर्घटनामा परेको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

प्रहरीका अनुसार बैतडीबाट बाजुरातर्फ गइरहेको से १ ज १६३ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खसेको ट्राफिक प्रहरी पुकार धामीले जानकारी दिनुभयो ।रासस

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार