काठमाडौं , २७ फागुन । हालसम्म चार जना नेपालीलाई कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको पुष्टि भएको छ । विदेशमा रहेका तीन र विदेशबाट नेपाल भित्रिएका एक नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यूएईमा रहेका दुई, अस्ट्रेलियामा रहेका एक र चीनबाट फर्किएका एक नेपालीलाई कोरोना संक्रमण भएको सम्बद्ध अधिकारीहरू बताउँछन् । यूएईमा रहेको स्वास्थ्य मन्त्रालयले हिजो सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार दुई नेपालीसहित नयाँ थप १४ जनामा कोरोना संक्रमण भेटिएको हो ।

नयाँ संक्रमितमध्ये दुई नेपाली, ४ यूएईका, दुई बंगाली, एक रसियन, एक भारतीय र एक सिरियाली रहेको गल्फ टुडेले जनाएको छ । यूएईमा कोरोना संक्रमित संख्या ५९ पुगेको गल्फ टुडेमा उल्लेख छ ।

यस्तै, नेपालबाट सिंगापुर ट्रान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो ।
यस्तै, आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले पनि सहज तरिकाले कोरोना फैलिएका देशबाट आवतजावत भइरहेको छ ।

विदेशबाट भित्रिने मुख्य नाकामा हेल्प डेस्क स्थापना गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी तयारी अवस्थामा छन् । विदेशबाट आउनेलाई उच्च ज्वरो आए सिधैं अस्पताल लैजाने व्यवस्था मिलाइएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको अति उच्च जोखिम सूचिमा राखेको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार