काठमाडौं । प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण भएको बुधबार आठ दिन बितेको छ । सामान्यतः शल्यक्रिया गरिएका विरामीलाई पाँचदेखि सात दिनमा अस्पतालले डिस्चार्ज गरिदिन्छ । तर, प्रधानमन्त्री ओलीलाई भने अझै केही दिन अस्पतालमै राखिने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली अस्पतालमा हिँड्डुल गर्न लागेको र नियमित व्यायाम गरिरहेको जानकारी गराएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको उल्लेख गरेका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिँड्डुल र नियमित व्यायाम गरिरहनुभएको छ । उहाँ आफैंले दाह्री काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ,’ थापाले लेखेका छन्

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार