हल्दिवारी गा पा ५ नं वडा कार्यालय बनाउनका लागि ६ कठा जग्गा निसुल्क दातावाट उपलब्ध भएको वडा अध्यक्ष सेरबाहदुर नेम्वाड.ले बताउनु भएको छ ।वडा कार्यालयको आफनो भवन नभए पछि हाल भाडामा बस्दै आएको र १ महिना भित्रमा टेन्डर गरि भवन बनाउन सुरुगरिन लागेको अध्यक्ष नेम्वाड.ल बताउनु भयो ।

वडा कार्यालय तथा स्वास्थ्य चौकी समयमै नबन्दा भाडाकै घरमा काम गर्नु परेकोले असहज भएको वडा सचिव भजन संग्रौला बताउछन् । सचिव संग्रौलाका अनुसार ५ कठा जमिन सनत कुमार थापा मगर,लाखध्वज कन्दड.वा, मुकेस विन्दल, सन्तोष देवि अगं्रबाल र डमबर कुमारि राईले निशुल्क उपलब्ध गराएका हुन् ।

त्यस्तै १ कठा जमिन वडाको नाममा पास हुने प्रक्रियामा रहेको छ भने उक्त जमिन एकराज रानामगर, राम प्रसाद दुलाल र दिल कुमार नेम्वाड.ले संयुक्त रुपमा उपलब्ध गराएको वडा सचिव भजन संग्रौलाले बताएका छन् । वडा कार्यालय भवन बनाउन दिएको उक्त जग्गा ६० लाख मुल्य बराबर रहेको दाताहरुको भनाई छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार