जनकपुरधाम–घरेलु मदिरा सेवनबाट तीन दिनमा ८ जनाको ज्यान गएपछि प्रहरीले घरेलु मदिरा बेच्ने सात जनालाई पक्राउ गरेको छ।प्रहरीले  ७ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

प्रहरीले महोत्तरी जिल्लाको भंगहा नगरपालिका– ३ सखरी टोलका ४७ वर्षीय जगत नारायण मण्डल, धनुषाको लक्ष्मिनिया गाउँपालिका– ६ बगेवाका २४ वर्षीय नविन यादव, ५० वर्षीय घुरन यादव, क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयाका ४५ वर्षीया तारापट्टी बाली भनिने छठियादेवी मण्डल, ४८ वर्षीय रामनन्दन साह, ४१ वर्षीय जयकुमार यादव र जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलकी ३५ वर्षीया सितलदेवी यादवलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए  ।

विगत तीन दिनमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा घरेलु मदिरा सेवनको कारण ८ जनाको मृत्यु भएको छ भने ६ जना उपचारको क्रममा रहेका छन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार