प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गतेदिख २१ गतेसम्म अत्यावश्यकीय बाहेकका सेवा बन्द हुने जनाए पनि सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने बताएका छन् । शुक्रबार साँझ देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानम्त्री ओलीले सरकारी कर्मचारीले कार्यालयमा उपस्थित भएर नियमित काम गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले ओलीले सम्बोधनको क्रममा भनेका छन्( ‘विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ। तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भइ नियमित कामकाज गर्नुहुनेछ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार