हाम्रो पालिकाका नेताहरु त कामै नलाग्ने, निकम्मै रैछन नि ! झुट बोल्दा रैछन। आज बिहान एफ एम मा हामीले गरिबका घर घरमा सित्तैमा मास्क बाडेउ रे, खै मेरो मा त आएनन त । ” भाष्करले हातको चुरोट मुखमा तान्दै कुरोको थालनी गरे ।

“होत नि, त्यो मास्क त मेरोमा पनि त दिएनन , छोराछोरी कसैले पनि पायौ भनेका छैनन ! हामी जस्तो गरिबलाई नदिएर कसलाई चै दिए त तिनीहरुले ! ” रोशनले आफ्नो रोस प्रकट गरे । ” हो ! हो ! यो सरकारले हामीजस्ता गरिबलाई पटक्कै नहेर्ने रहेछ,खै त त्यो मास्क मेरो घरमा पनि बाडेको छैन, हामी गरिबहरु चै अब त्यो कोरिना लागेर मर्ने भयौं ।” हातमा बोकेको स्क्रीनटच मोबाइल सर्टको गोजिमा हाल्दै दिपेसले आफ्नो कुरो थपे ।

भाष्कर ,रोशन र दिपेस छिमेकी पनि साथी पनि,नजिकैको होटेलमा बसेर गफ गरिरहेका छन,अगाडि टेबलमा बियर र रक्सिका साथमा सेकुवा र भुटन प्लेट- प्लेटमा देख्न सकिन्छ । त्यही बिचमा मास्क लाएकी होटेल साहुनी आएर नौ हजारको बिल उनीहरुको माझ राखीदिईन, तिनैजना साथीहरू आपसमा म तिर्ने म तिर्ने भनेर बिबाद पनि गरे र अन्त्यमा तिनै जनाले तीन तीन हजार भाग लगाउने सहमति गरे, भाष्करले आफ्नो भागमा परेको तिनहजारका अतिरिक्त साहुनीलाई अरु एकहजार टिप्स थपिदिएर हतार हतार तिनैजना आ आफ्नो घरतिर लम्किए । ढोकाबाट बाहिर निस्कदा उनीहरुको खुट्टा लर्खराएको मास्क लगाएकी साहुनीले हेरिरहिन । (मिति २०७६।१२।९ गते, भद्रपुर झापा)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार