जलथल । हल्दिवारी गाउँपालिकामा १५ दिनको अवधिमा विदेशबाट फर्किएका ३१ जनालाई होम क्वारेन्टाइन राखिएको छ । कोभिड -१९ को जोखिम नियन्त्रण गर्नका लागि विदेशबाट आएका उनिहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो ।

हल्दिवारी स्वास्थ्य कार्यलय प्रमुख पुष्कर निरौलाका अनुसार ती व्यक्तिहरू सुरक्षितरुमा घरमा नै बसिरहेका छ्न। गाउँपालिकाको प्रत्येक वडामा पुगेर स्थानीय प्रहरीले विदेशबाट आउनेको बिबरण सङक्लन गरिरहेका छ्न ।

हल्दिवारी गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा आज देखि एक जनालाई राखेर निगारानी शुरु गरिएको छ ।भारतबाट फर्किएका उनिलाई चौविसै घण्टा स्वास्थ्यकर्मीको निगारानीमा राखिएको स्वास्थ शाखा प्रमुख निरौलाले जानकारी दिएका छ्न।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार