रत्नाकर डाकुलाई एक पटक नारदले भनेछ्न् – तिम्रो लुटको धन त तिम्रा घर परिवारले मोज गरेछ्न् ! जाउ एक पटक परिवारलाई गएर सोध – के तिनिहरु तिम्रो पापको फलमा पनि सहभागी हुन्छ्न् !?
रत्नाकर सरासर घर गएर परिवारलाई सोधे – आजसम्म मैले जसरी कमाए पनि यसमा तिमिहरु सबैले मोज गरेउ ! के अब मैले गरेको पापको फल तिमिहरु पनि बाढ्छौ त ?
परिवारले एकमुख भएर उत्तर दिए – तिम्रो पापमा हामी किन सहभागी हुने ? तिमी नै भोग ! यो उत्तरले डाकु रत्नाकर दुखी र बिरक्त भए ! सब डकैत छोडेर ऋषि वाल्मीकि भए र रामायण लेखे ! अहिले परदेशीको जीवन नेपालमा ठ्याक्कै तेस्तै भएको छ !
आफ्नै घर आगन, परिवार र समाजबाट समेत छि छि दुर दुर भएको छ ! सन्कट्मा आफ्नै माटोमा प्राण खोज्न आएका परदेशीले सबै तिर छिछी दुर दुर पाउदा भोलि यस्तो परिवार, समाज र देशको आर्थिक दायित्व मैले किन बोक्ने ? भन्ने चेतना बिकास भयो भने अवस्था झन् के हुन्छ ?
के यो महामारीबाट कुनै देश सुरक्षित भएको छ र ? नबिर्सनुस् ८० प्रतिशत नेपालीको प्रत्येक घरको एउटा नागरिक बिदेशी माटोमा छ ! कोरोनाले त कोहि मर्लान् नमर्लान् तर हामिले आज देखाएको ब्य्वहारले हजारौ मर्ने निस्चित छ ! किनकी यो देश तिनै परदेसीको खुन पसिनाले बाचेको थियो !! ?
: कविता बिमली ,हाल क्यानाडा