विश्वभर तीव्र गतिमा फैलिएको नोवेल कोरोना भाइरस(COVID-19) को संक्रमण रोकथाम तथा नियन्त्रण एवंम् अति-विपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारी गर्ने कामदार र मजदुरहरुलाई राहत वितरण गर्नका लागि हल्दीबारी गाउँपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा हालसम्म रु ९ लाख ८७ हजार २०० नगद र ५२ हजारको जिन्सी सामान गरी रु १० लाख ३९ हजार २०० बराबरको नगद तथा जिन्सी सहयोग जम्मा भएको हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिएका छन् ।

साथै, राहत कोषमा आजै नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) हल्दीबारीले रु ७० हजारको चेक र संस्थागत विद्यालयहरुको तर्फबाट रु ५४ हजार नगद सहयोग गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन र उपाध्यक्ष डम्बर बहादुर गिरीलाई संयुक्त रुपमा हस्तान्तरण गरेको छ ।

नेकपाका प्रतिनिधि र संस्थागत विद्यालयका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले अति-विपन्न, अशक्त, असहाय र दैनिक ज्यालादारी गर्ने घरपरिवारको नामावली वडा-वडामा संकलन र भेरिफिकेशन भइरहेको हुँदा यथाशीघ्र नामावली टुँगो लगाई राहत वितरण गर्ने योजनामा गाउँपालिका रहेको हुँदा सबैलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

राहत कोषमा हालसम्म गाउँपालिकाका जनप्रतिनिधिहरुको १ महिनाको सेवासुविधा वापतको रकम रु ३ लाख ६६ हजार, करार र ज्यालादारीका कर्मचारीहरुको १० दिनको तलव वापतको रकम रु ४ लाख ४७ हजार २००, सिम्रिक साकोसबाट रु ५० हजार, नेकपा हल्दीबारीबाट रु ७० हजार, हल्दीबारी गाउँपालिका क्षेत्रभित्रका संस्थागत विद्यालयहरुको तर्फबाट रु ५४ हजार र कर्णाली साकोसको तर्फबाट रु ५२ हजार बराबरको (९ क्वीन्टल चामल र १ क्वीन्टल २० किलो दाल) राहत सहयोग गाउँपालिकाको राहत कोषमा जम्मा भएको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार