हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसको संक्रमण नियन्त्रण, व्यवस्थापन एवम् विपन्न परिवारलाई राहत प्रदान गर्न ५ लाख ९ हजार रुपैयाँ सहयोग गर्ने भएको छ। कोरोना भाइरसविरुद्धको अभियानमा हाम्रो नेपालले आफ्नो कार्यक्षेत्रका स्थानीय तहलाई उक्त रकम सहयोग गर्न लागेको संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल ( भानु )ले बताउनु भएको छ। ‘
संस्थाको केन्द्रीय कार्यालय र शाखा कार्यालय समेत रहेकाले बिर्तामोड नगरपालिकाको राहत कोषमा १ लाख १ हजार दिएको छ भने हल्दिवारी ,बाह्रदशी , बुद्धशान्ति गाउँपालिका तथा मेचीनगर, भद्रपुर, कनकाई, गौरादह, शिवसताक्षी, नगरपालिकालाई ५१/५१ हजार गर्न लागेको साकोसका संचालक समिति सदस्य तथा हल्दिवारी डटकमका बिर्तामोड समाचारदाता कृष्ण पोख्रेलले जानकारी दिएका छ्न ।
संस्थाका अध्यक्ष दंगालका अनुसार हाम्रो नेपालले १५ वटा सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको छ भने संस्थामा ९ हजार ५०० शेयर सदस्य रहेका छन् भने संस्थाको वित्तीय कारोबार ८८ करोड रुपैयाँ रहेको छ ।