कचलकवल गाउँपालिका पथरभिट्टाबाट तीन महिना देखि बेपत्ता भएकी २२ बर्षिय युवतीलाई जलथल प्रहरी चौकीले आफ्न्तको जिम्म लगाएको छ।कचलकवलमा ठूलो बुबाको घरमा बस्तै आएकी अन्दाजी २२ बर्षिय पुजा भुजेल ३ महिना देखि बेपत्ता भएकी थिईन ।

मानसिक अवस्था समेत राम्रो नभएकी उनको बुबा समेत नरहेको र आमा समेत रोजगारी को लागि नेपाल बाहिर रहेको उनका मामाले बताएका छन ।

हिजो हल्दिवारी ५ स्थित अधिकारी चोक नजिक भेटिएकी उनलाई आज जलथल प्रहरी चौकिले वडा नम्बर ४ का अध्यक्ष होम प्रसाद चुडाल ,सञ्चारकर्मी र भुजेलका मामा शनि आर्जुर नगरपालिका बस्ने बृर्ख बहादुर पौडेललाई जिम्मा लगाएको प्रहरी चौकी प्रमुख भरत कोइरालाले बताए ।३ महिना अगाडि हराएकी उनको खोजिको लागि प्रहरीलाई जाहेरी समेत गरिएको उनका आफन्तजनले बताएका छ्न।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार