विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरस (COVID-19) को संक्रमण रोकथाम, नियन्त्रण एवंम् विपन्नलाई राहत वितरण गर्नका लागि झापाका १५ वटै स्थानीय तहले स्थापना गरेको राहत कोषमा ५ करोड २ लाख ६० हजार ६ सय सत्र रुपैयाँ जम्मा भएको झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिएका छन्  ।

जसमा स्थानीय तहहरुको तर्फबाटविनियोजित ३ करोड ९० लाख ९३ हजार रुपैयाँ जम्मा रहेको छ भने बाँकी रकम स्थानीय संघसंस्था तथा देश तथा विदेशमारहेका दाताहरुले स्वेच्छिक रुपमा जम्मा गरेका छन् । विर्तामोड नगरपालिकामा सबैभन्दा धेरै रुपैयाँको कोष स्थापना भएको छ । विर्तामोडको कोषमा ८३ लाख ८६ हजार ६ सय ९५ रुपैयाँ जम्मा भएको छ ।

त्यस्तै गरि दमक नगरपालिकाको कोषमा ५७ लाख १० हजार रुपैयाँ जम्मा भएको छ । कोषमा ३० लाख रुपैयाँ नगरले जम्मा गरेको छ । यता, बाह्रदशी गाउँपालिकामा ५५ लाख रुपैयाँ र कनकाई नगरपालिकामा ४४ लाख १४ हजार ९ सय २२ रुपैयाँ जम्मा गरिएको छ । मेचीनगर नगरपालिकामा ४० लाख ८५ हजार रुपैयाँ र अर्जुनधारा नगरपालिकामा १६ लाख ५१ हजार रुपैयाँको कोष खडा भएको छ ।

कचनकवल गाउँपालिकामा ३२ लाख ६६ हजार, कमल गाउँपालिकामा १९ लाख , गौरादह नगरपालिकामा ३३ लाख २२ हजार,गौरीगञ्ज गाउँपालिकामा ३७ लाख , झापा गाउँपालिकामा ३५ लाख, बुद्धशान्ति गाउँपालिकामा १२ लाख ३२ हजार , भद्रपुरमा २७ लाख ९३ हजार, शिवसताक्षी नगरपालिकले १५ लाख रुपैयाँको र हल्दिबारी गाउँपाालिकामा १९ लाख रुपैयाँको कोष स्थापना भएको छ ।

जिल्ला समन्वय समितिले समेत ५० लाख रुपैयाँको कोभिड– १९ रोकथाम, उपचार तथा राहत कोष स्थापना गरेको र सो कोषमा ८ वटा नगरपालिकाले तीन/तीन लाख तथा सात वटा गाउँपालिकाले दुई/दुई लाख गरी ३८ लाख जम्मा गर्न अनुरोध गरे पनि ३ स्थानीय तहबाहेक अन्यले रकम जम्मा नगरेको पोर्तेलको भनाइ छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार