कोरोनाभाइरसले संसारभरी मानिसको मृत्यु हुने सिलसिला जारी छ । अहिलेसम्म यो महामारीका कारण ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार १८४ देशका १६ लाख बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

साथै, साढे ३ लाख बढी निको भएर घरसमेत फर्किसकेका छन् ।अमेरिकामा संक्रमित बिरामीको संख्या चार लाख ६० हजार पार गरेको छ जबकि यहाँ १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।यस्तै, भारतमा संक्रमित बिरामीको संख्या ५ हजार ८ सय पार भएको छ ।

हालसम्म यहाँ १६९ बिरामीको मृत्यु यो भाइरसका कारण भएको छ ।मृत्युको आँकडालाई हेर्ने हो भने इटलीको स्थिती अहिलेसम्म पनि भयावह छ । इटलीमा कोरोना संक्रमितको संख्या १ लाख ४३ हजार ६ सय २६ छ । यहाँ अहिलेसम्म १८ हजार २ सय ७९ को मृत्यु भइसकेको छ ।

कोरोना संक्रमित २८ हजार ४ सय ७० जना निकोसमेत भइसकेका छन् । जबकी स्पेनमा १ लाख ५३ हजार २ सय २२ जना कोरोनाभाइरसद्वारा संक्रमित छन् । यहाँ अहिलेसम्म १५।४ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार