काठमाडौं,नेपालमा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । हेटौंडामा परीक्षण गरिएका तीन जनामा कोरोनाको संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुने मानिसको संख्या १२ पुगेको छ ।

कोभिडि -१९ को संक्रमण पुष्टि भएका थप तीनजना भारतीय भएको र हालै नयाँ दिल्लीस्थित निजामुद्दिनको इस्लामिक भेलामा सामेल भएको पाइएको छ।

भारत सरकारले भारतमा देखिएका कोभिड -१९ संक्रमित मध्ये एक चौथाईको सम्पर्क उक्त भेलाका सहभागिहरुसँग भएको दाबी गर्दै आएको छ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार हेटौंडामा नमुना परीक्षण गर्दा तीन जना भारतीय नागरिकमा कोरोना पोजेटिभ आएको थियो । त्यसपछि फेरि परिक्षण गर्नको लागि तीन जानाकै नमुना काठमाडौं पठाइएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि परीक्षण गर्दा तीन जनाकै रिपोर्ट पोजिटिभ आएको पुष्टि भएको हो । फाइनल रिपोर्ट आज सरकारले सार्वजनिक गर्ने बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार