खोटाङमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमानको मृत्यु भएको छ ।बराहपोखरी गाउँपालिका वडा नं। १ का छकुमार राईको मृत्यु भएको हो ।५० वर्षीय मेनुका राईको खुकुरी प्रहारबाट राईको सोमबार दिउँसो घट्नास्थलमै मृत्यु भएको हो ।

राईको शव जिल्ला अस्पताल गाईघाटमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा दिइ सकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।

श्रीमानलाई खुकुरी प्रहार गर्ने मेनुकालाई ईलाका प्रहरी कार्यालय खोटाङबजारले नियन्त्रणमा लिइ मंगलबार जिल्ला प्रहरी कार्यालय दिक्तेल पुर्याइएको छ ।मानसिक सन्तुलन गुमाएकी मेनुकाले टाउको, ढाड लगायतका विभिन्न ठाउँमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार