काठमाडौं, विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बिहिबार बेलुकासम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४१ हजार १ सय ५० पुगेको छ भने संक्रमितको संख्या २१ लाख १४ हजार ८ सय ३१ पुगेको छ ।
त्यस्तै कोरोनाबाट संक्रमित ५ लाख २६ हजार ८ सय ८ जना निको भएर घर फर्किएका छन् । तथ्यांक हेर्दा अमेरिकामा अन्य देशभन्दा बढी मानिसको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । हालसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ हजार ७ सय पुगेको छ भने संक्रमितको संख्या ६ लाख ५० हजार ५ सय ५८ पुगेको छ । त्यस्तै हालसम्म अमेरिकामा मात्र ४९ हजार ९१ जना कोरोनाको उपचारपछि ठिक भएका छन् ।
त्यस्तै इटालीमा कोरोनाको संक्रमणबाट २१ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ भने कोरोनाबाट संक्रमितको संख्या १ लाख ६५ हजार १ सय ५५ पुगेको छ । स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार १ सय ३० पुगेको छ । त्यस्तै स्पेनमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ८ सय १६ जना पुगेको छ ।