काठमाडौं , काठमाडौंको गौशालामा एक पुरुषको शव फेला परेको छ । गौशालास्थित गुहेश्वरी फाँटको झाडीमा करिब ४० वर्षीया पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । झाडीमा फोहोरको थुप्रोमा बोरा भित्र शव फेला परेपछि त्यहाँका स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै महानगरीय प्रहरी अपराध महाशाखा अनुसन्धान गर्न घटनास्थलमा खटिएको जनाइएको छ । बोरा भित्र फेला परेको उक्त शवको पहिचान हुन नसकेको र पोष्टमार्टमको लागि टिचिङ पठाइएको प्रहरीले जनाएको छ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार