भक्तपुर , अरनिको राजमार्गखण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा३९प ५७४१ नंको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते मध्यपुर नगरपालिका–५ का ३५ वर्षीय अजय श्रेष्ठको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । पानी परेर चिप्लो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।रासस

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार