बाह्रदशी गाउँपालिका झापाले कोरोना भाइरस का कारण लकडाउनले समस्या परेका २९ सय ४६ परिवारलाई राहत सामाग्री पहिलो फेस अन्तरगत वितरण गरेको अध्यक्ष खड्ग प्रसाद राजवन्सीले बताउनु भएको छ।

गाउँपालिकाको ७ वटै वडाका ३९ सय भन्दा बढी परिवारलाई ३ सय क्युटल चामल ,२५ सय केजि नुन तथा विभिन्न दाताहरुबाट प्राप्त खाद्य सामाग्री वितरण गरिएको अध्यक्ष राजवन्सीले हल्दिवारी डटकमलाई बताउनु भएको छ। पहिलो चरणको राहत वितरण कार्यक्रम अन्तरगत गाउँपालिकाले करिब १८ लाख खर्च गरेको छ भने अन्य दाताहरूबाट करिब ७ लाख बराबरको सहयोग पुर्याएका हुन ।

गाउँ पालिका अध्यक्षका अनुसार खान छैन भन्ने जो कोइलाई राहत सहयोग गरेको र आवश्यकता अनुसार दिदै जान दोस्रो चरणको राहत कार्यक्रम अघि बढाएको छ।

त्यस्तै दोस्रो चरणको राहत वितरण गर्न गाउँ पालिकाको आन्तरिक श्रोत बाट खर्च हुने गरि नियमित खरिद प्रक्रिया अनुसार ८० हजार केजि चामल ( सोना मन्सुली ) ३७ सय ५० केजि नुन ,३७ सय ५० लिटर तेल ,३७ सय ५० केजि दाल तथा ३७ सय ५० पिस नुहाउने साबुन वितरण गर्न लागेको गाउँपालिका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत चेतनाथ न्यौपानेले बताउनु भएको छ।

उक्त सामाग्री खरिद गर्न तीन वटा बोलपत्र परेकोमा सबैभन्दा कममा परेको तिरुपती टेड्स सप्लायस विर्तामोड ( ४९ लाख २ हजार ४३३ रुपैया ६५ पैसा ) लाई सम्झौता गरि खरिद प्रक्रिया अघि बढाइएको समेत सूचना अधिकारी न्यौपानेले जानकारी दिएका छ्न । यस चरणमा ४ हजार भन्दा बढी परिवारलाई परिवार अनुसार १५ केजि २० केजि २५ केजि चामल सहिद दाल ,नुन तेल ,साबुन वितरण हुने बताईएको छ।

कर्मचारीहरुबाट सहयोग :

बाह्रदशी गाउँपालिका रहेका कर्मचारी तथा शिक्षकले समेत आफ्नो तलब बाट सहयोग गर्ने निर्णय गरेका छ्न । गाउँपालिकामा कार्यरत अफिसर हरुबाट ५ दिन बराबरको ,चौथो र पाचौं कर्मचारी हरुबाट ३ दिन बराबर ,अन्य कर्मचारी बाट ३ दिन बराबरको तथा शिक्षक हरुबाट ३ दिनको तलब राहत कोषमा सहयोग गर्ने भएका छ्न 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार