धरान l पछिल्लो समय उद्धार गर्ने नाममा प्रशसान बाट यात्रुबसको पास लिएर काठमाण्डूबाट धरान यात्रु ल्याउने कार्य धमाधम भैरहेको छ । उद्धारको बसमा महंगो भाडा तिरेर आउनेहरुमा धरानका मात्र होइन्, काठमाण्डूमा संकटमा परेका तथा धरानबाट पहाडि जिल्लाहरुको घर पुग्ने आशाले आएकाहरुको संख्या धेरै रहेको पाइएको छ ।

धरानसम्म आएपनि लकडाउनका कारण उनिहरु धरानमै अलपत्र पर्ने गरेका छन् । त्यसरी अलपत्र परेकाहरु लाई भने धरानमा उद्धार गर्ने कुनै कार्यक्रम नभएपछि होप धरानले त्यसरी अलपत्र परेकाहरु लाई उद्धरा गरेको छ । लकडाउनमा मान्छे लखेट्ने काम भएपनि विचल्लीको उद्धार गर्ने कार्य जरुरी भएको देखिएको छ । शुक्रवार काठमाण्डू बाट आएर धरानमा अलपत्र परेकाहरुलाई होम धरानले उद्धा गरेको हो ।

काठमाण्डूबाट उद्धारको बस पाइन्छ भनि धरान सम्म भएपनि पुग्ने बाध्यतावश आइपगेका संखुवासभा, तेह्रथुम लगायतका जिल्लाका सर्वसाधारण भानुर्चाैकमा अलपत्र परेका हुन् । धरान आइपुगेपनि यहाँ बाट जाने अर्को उद्धारको बस कसैले नचालाएकाले अलपत्र परेका १४ जनालाई होप धरानले उद्दार गरेको होप धरानका अभियन्ता निश्चल पलिखेले बताए ।

उनका अनुसार अलपत्र परेकाहरु लाई भानुचौक स्थित वडा प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा बिस्कुट चाउचाउ पानी फ्रुटी लगायतको खानेकुरा समेत उपलब्ध गराइएको थियो । होप धरानको टिमले उनिहरुलाई धरान बाट पनि उद्धार गरी सम्बद्ध जिल्ला पठाउन पहल गरी नभए उनिहरु लाई बस्ने खाने व्यवस्थाका लागि पहल गरेको हो । पलिखेका अनुसार बाध्यताबस अलपत्र परेका जो कोहिलाई पनि आफ्नो घरसम्म जाने बाताबरण सिर्जना होस् भन्दै सम्बन्धित निकायलाई होप धरानले ध्यानाकर्षण गराएको छ ।–निमा पोङस्युवा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार