दयानन्द गोस्वामी

भन्न लाई कती लालायित थिए
मनका व्यथित ती उत्कण्ठाहरु,

अफसोस! ओठहरु स्तब्ध छन
गुमसुमको पातलो परत ओढेर,

आंँसूले भिजेका मेरा नयनहरु
बयान गर्दै छन् अन्तर भावना,

कती लालित्य पूर्ण,कती सौम्य!
लुप्त छन हृदय भित्र अनुभूतिहरु,

आखिर कसले नै पढन सक्छ र ?
ललाटमा अंकित भाग्य रेखाहरु,

जे हुन्छ विधाताको विधीले नै
मृत नहुन कसैका आकांक्षाहरु,

ताबूत भित्र रहेको प्राण विहीन
शव पनि मधुर वाणी बोल्छ अरे!

यदि भावनाहरु स्नेहिल छन भने
ढुंगाहरु पनि मिठो गीत गाउँछन,

जब मनमा संकीर्ण कुरा आउँछ
धुमिल हुन्छन सारा ती सपनाहरु,

स्वच्छन्द, मानसको पृष्ठभूमि मा
उद्वेलित भै रहन्छन कल्पनाहरु,

भन्न लाई कती लालायित थिए
मनका व्यथित ती उत्कण्ठाहरू,

  • अफसोस ! ओठहरु स्तब्ध छन

  • गुमसुम को पातलो परत ओढेर।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार