कोरोना अब आउदैन नि कतै, लौ ढुक्क हामी बनौ।
हातै यो धुन मस्त साथ अहिले , जानेर ज्ञानी भयौ।।
टाढै बस्छु सखी रमेर घरमा कोरोन खत्रा झनै।
धोई हात सफा बनेर सबले, रोगै भगाए सबै।।
१कस्तो रोग रहेछ हेर सबमा , सन्त्रास ल्याई दियो।
लड्दै त्यो नजिकै हुँदैन अब त्यो, साँच्चै मरेरै गयो।।
ठूलै दम्भ अझै नदेउ सजगै, हुन्छौं नि हामी जहाँ ।
सक्छौ मास्न अवस्य एक दिन ता ,ध्यस्तै बनाई यहाँ।।
२बन्थ्यो दुष्ट सधै लडेर जनमा , संसार सारा भरी।
गोर्खाली सँग ता भिडेर नसकी , भागे सबै रोग ती।।
भन्दै काल हुँ हेर मार्दछु भनी, यो नै सधै बढ्छ यो।
एक्लै बस्न सके सफा जतनले, सर्दैन यो रोग पो।।
३नेपाली जनमा डराइ कन यो, कोरोन बस्दैन रे।
कोरोना पर भै मनुष्य घरमा , फोहो र गर्दैन रे।।
छर्दै ज्ञान समस्त जगतमा चम्केर आऊ धरा।
बाचौँ है सब नै मिलेर जनता , बन्दै निरोगी सदा।।
४
कविता : कोरोना ( शार्दूल विक्रीडित ) -बिना रोका
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1