निमा पोङस्युवा धरानः  मई १ तारिख अन्तर्राष्ट्रिय मजदुर दिवस सामान्य अवस्थामा कलकारखाना, श्रमस्थलका काम बाट छुट्टि लिएर श्रमिकहरुले पर्वको रुपमा मनाउँदै आएका थिए । नेपालमा पनि त्यसरी मनाइर्दै आएको श्रमिक दिवस यसपाली महिना दिन भन्दा लामो लकडाउनमा सबै श्रमिकहरु रोजगारी बाट बञ्चित भएको अवस्थामा प¥यो । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु भोक भोकै बस्नुपर्ने अवस्थामा शुक्रवार परेको मई दिवस भने धरानका श्रमिकहरुले मजदुरी गरेर मनाएका छन् ।

धरान–१७ मा देखिएको त्यो दृष्यले लकडाउनमा नेपालका श्रमीकहरुको बाध्यता लाई उजागर गरेको छ । महिना दिन रोजगारीबाट बञ्चित भएपछि श्रमीक दिवसमा पनि उनिहरु मजदुरीमा जुट्नुपर्ने अवस्था आएको हो । कोरोना महामारीको त्रासमा श्रमिकहरुले उत्सब मनाउने अवस्था अहिले छैन ।

तर लकडाउनमा सबै कुरा ठप्प भएपनि जरुरी निर्माण कार्य सामाजिक दुरी, संक्रमण बाट सुरक्षाको व्यवस्था सहित सञ्चालनमा छ । यसै क्रममा धरान वडा २० बाट बिष्णुपादुका जाने धरान १७ स्थित सर्दु खोलामा निर्माणाधीन पुलको काम मई दिवसको दिन पनि सञ्चालन गरिएको हो । लकडाउनमा काम स्थगित भएको अवस्थामा हालै मात्र काम थालिएकोले पनि मजदुरहरुले कामबाट छुट्टी लिएर मई दिवस मनाउने भन्दा मजदुरी लाई प्राथमिकता दिएका हुन् ।

एकातिर काम गर्न नपाई बेरोजगार बस्नुपर्ने अवस्था अर्को तिर श्रमिकका हकहितको पर्वको दिन काम गर्ने कि नगर्ने भन्ने प्रश्नमा उनिहरुले काम लाई प्राथमिकता दिए । पुल निर्माण कार्यमा २५ जना मजदुर कार्यरत रहेको एक श्रमीकले बताए । उनका अनुसार पुलको ठेकेदार बिराटनगरमा छन् । निर्माण कार्य हप्तादिन देखी शुरु गरिएको हो । निर्माण कार्य जारी राख्न संघीय तथा स्थानिय सरकार धरान उपमहानगरपालिकाले अनुमति दिएको हो ।

अन्तर्राष्ट्रिय श्रमीक दिवसका कुरा बारे बेखबर बेरोजगार बनेका मजदुरहरुका लागि कलकारखान, निर्माण कार्य लगायत सबै कामहरु चालु हुनुनै श्रमीक दिवसहरु फर्कने अवसर बनेको छ । सन् १८८६ मा अमेरिकाको सिकागो बाट ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारा दिदैं सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइने गरिन्छ । आन्दोलन विच सिकागोको एक मार्केटमा बम विस्फोट भयो ।

विस्फोटको निहुँमा प्रहरीले आन्दोलनमा संलग्न मजदुर माथि व्यापक दमन गर्दा प्रहरीको गोलीले ७ जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलन रोकिएन, अन्ततः आन्दोलनले सफलता हासिल गरेको थियो । यसपछि सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा गठन भएको विश्व श्रम संगठनका मजदुर नेताहरुको बैठकले विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको हो । यो दिवस सन् १८९० देखि हरेक वर्ष मई १ ताखिका दिन मनाइदै आएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार