तस्विरः निमा पोङस्युवा धरानः लकडाउन कडा बनाउने नाममा ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने नेपाली उखान जस्तै भएको, आम नागरीकहरु माथि प्रहरीले गर्दै आएको अभद्र   व्यवहार बन्द गर्न र लकडाउन लाई वैकल्पिक उपाय अबलम्बन गरी सहज गरियोस भनि धरानको भानुचौकमा शनिवार हर्क सम्पाङले एकल विरोध प्रदर्शन गरेका छन् । डेढ महिना भन्दा बढी चलिरहेको लकडाउन साना तिना पसले र सवर््ासाधरणका लागि अतिनै कडा बनाइएको तर, ठुला व्यापारी र ठुला बढालाई भने कुनै बन्देज नभएकाले कुनै प्रभाव परेको देखिएको उनले बताएका छन् ।

लकडाउनको अवधिमा कालाबजारी र भ्रष्टाचार मौलाएर गएको उल्लेख गर्दै उनले सबैका लागि एक नाशको व्यवहार गरियोस्, कालाबजारी, भ्रष्टाचारीहरु लाई कडा भन्दा कडा कारवाही गरियोस् भनि माग गरेका छन् । लकडाउनमा प्रहरीको अभद्र व्यवहार र यस्को औचित्य साबित हुने नीतिगत व्यवस्थापन नभएको बारेमा सामाजिक सञ्जालमा आलोचना भैरहेपनि सर्वसाधारण लकडाउनको पालना गर्दै सडकमा उत्रिएका भने छैनन् ।

सर्वसाधारणमा भित्र भित्रै गुम्सिएको असन्तुष्टिको प्रतिनिधित्व गर्दै सम्पाङले एकल विरोध प्रदर्शन गर्ने शैली अपनाएका हुन् । उनि गएको धरान उपमहानगरपालिका उपचुनावमा मेयरको उम्मेदवार थिए । सम्पाङ धरान खानेपानी आयोजनामा भएको अनियमितताको आन्दोलन गर्दै आएको सर्वपक्षिय संघर्ष समितिका संयोजक पनि हुन् । भानुचौकमा एक्लै प्रदर्शन गर्दै उनले कोरोना भाइरस संक्रमण बाट जोगिने उपायका बारेमा संचेतना बढाउने व्यानर भानुभक्तको शलिक राखिएको रेलिङमा लगाएका छन् ।

साम्पाङले लम्बिदै गएको लकडाउनले निम्न वर्गका ठूलो कष्टको स्थिति सिर्जना गरेको, विदेश तथा स्वदेशमै रहेका घर फर्कन चाहने नेपालीहरु अलपत्र परेको, आर्थिक गतिविधिहरु ठप्प भएकाले भाइरस संक्रमण बाट रोकथापको वैकल्पिक उपायहरु व्यवस्थापन गरि लकडाउन सहज बनाउनु पर्ने ७ सुत्रिय विज्ञप्ती जारी गरेका छन् ।

विज्ञप्तीमा उल्लेख गरिएको बुंदाहरु यस्ता छन्– १–लक डाउन लागु भएको ४० दिन बितिसक्दा पनि आफ्नो घर फर्कन चाहने विदेशमा अड्किएर रहेका तथा स्वदेशमै अन्यत्र गएका नेपालीहरुलाई सरकारले उनीहरुका घरसम्म ल्याउन सकेको छैन । उनीहरुलाई स्वदेश ल्याएर व्यवस्थित कोरन्टाइन्मा राखी सुरक्षित रहेको पक्का भएका जतिलाई घर परिवारसँग भेट्ने वातावरण बनाइयोस् । संक्रमित पाइएका जतिलाई उचित उपचार दिइयोस् ।

२–सरकारले घोषणा गरे अनुसारको पर्याप्त राहत प्रभावकारी ढङ्गले वितरण भएको छैन । बोल्न सक्नेले मात्रै राहत पाएका छन् । महिनौ सम्म घर भित्रै थुनिएर बसेका गरीब दुःखी जनतालाई प्रत्येक दिन खान पुग्ने राहत वितरण गरियोस् । अति निम्न, निम्न र मध्यम बर्गका जनताहरुको पहिचान गरी उनीहरुको आवश्यकता अनुसार नियमित रुपमा राहत वितरण गरियोस् । राहत वितरण कार्यमा कुनै किसिमको दलीय या जातिय विभेद नगरियोस् ! भोक भोकै घर भित्र थुनिएर बस्नु पर्ने वाध्यताको अन्त्य गरियोस् ।

३–साना तिना पसले र सर्बसाधरण जनताका लागि अति सख्त बनेको यो लकडाउनको ठुला व्यापारी र ठुला बढालाई भने केही प्रभाव परेको देखिन्न । यो लक डाउनको अवधिमा कालाबजारी र भ्रष्टाचार मौलाएर गएको छ । सबैका लागि एक नाशको व्यवहार गरियोस् । कालाबजारी तथा भ्रष्टाचार गर्नेहरुलाई कडा भन्दा कडा कारवाही गरियोस् ।

४–महामारी बिरुद्ध लड्न सरकारले पर्याप्त चिकित्सक, मेडिकल स्टाफ तथा आवश्यक उपचार सामाग्रीहरु तयार गरेको देखिन्न । लकडाउनको बेलामा कोरोना बाहेक अन्य रोगहरुका उपचारलाई स्थगित गर्नाले बिरामीहरुलाई पर्न सम्मको मार परिरहेको छ । मेडिकल स्टाफ आफै कोरोनाको त्रासमा डराएर बसेका छन् । कोरोनाको उपचारार्थ पर्याप्त जनशक्ति, स्रोत साधन तथा सेवा सुबिधाहरुको प्रबन्ध मिलाइयोस् । उनीहरुको मनोबल बढाउने वातावरण बनाइयोस् । कोरोना बाहेकका रोगहरुलाई समेत उपचार गराउन सक्ने वातावरण बनाइयोस् ।

५– कोरोनाको कुनै प्रभाव र सम्भावना नरहेका गाउँ तथा ठाउँहरुमा नाका बन्द गरेर लकडाउन सहज गरियोस् । त्यस्ता क्षेत्रहरुमा रोग भन्दा राज्यको डरले घर भित्र थुनिएर बस्नु पर्ने त्रास कम गरियोस् । विषम परिस्थितिमा पनि बाँच्न सक्ने वैकल्पित अर्थतन्त्रको बारेका सोच्न थालियोस् ।

६– कोरोना बिरुद्ध लड्न सरकारले के कस्ता नीति तथा कार्यक्रम बनाएको छ । सो सम्बन्धि जानकारी सबै तिर सार्बजानिक गरियोस् । लकडाउनको अवधिमा अन्य रोगहरुको उपचार पाउने बिधिको बारेमा जानकारी सार्बजानिक गरीयोस् ।

७–राज्यले लक(डाउनको बारेमा पर्याप्त जानकारी नदिइकनै लक(डाउन लागु गरेको हो । लक(डाउन उलंघन गरेको भन्दै राज्यले आफ्नो नागरीकहरु माथि निर्घात कुटपिट गर्ने गरेको पाइएको छ । नागरीकको मानवाधिकारको रक्षा गरियोस् र यस्तो अभद्र  व्यवहार बन्द गरियोस् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार