विराटनगर , एकीकृत भन्सार जाँच चौकी विराटनगरमा जाँचका क्रममा ठूलो राशिको भारतीय रकम आज बरामद भएको छ । मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले सो जाँचचौकीबाट नेपाल भित्र्याउन लागिएको भारु एक करोड नौ लाख ७९ हजार ५३० सहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

भारतको सुपौलबाट डब्ल्युबी ७३ ई ७६७७ नंको ट्रकलाई खानतलासीका क्रममा कार्टुनमा लुकाइराखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले ट्रकका चालक रवीकुमार शर्मा र सहचालक पप्पुकुमारलाई नियन्त्रणमा लिएको र उहाँहरु दुवै जना भारतीय नागरिक रहेको बताइएको छ ।

सो ट्रक विराटनगरबाट सामान लिएर भारतको सिलिगुडी जानका लागि विराटनगर भित्रिएको र सो रकम हुण्डी कारोवारीको हुन सक्ने प्रहरीको अनुमान छ । बरामद रकम राजश्व कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।रासस

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार