प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउने बेला नआइसकेको बताएका छन् । कोभिड(१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिएमसी)ले तयार पारेको लकडाउन खुकुलो गर्ने ‘मोडालिटी’ लाई प्रधानमन्त्री ओलीले अहिले जरूरी नरहेको बताएका थिए ।

सिएमसीले ग्रिन जोन, यलो जोन र रेड जोन बनाउने प्रस्ताव ल्याए पनि प्रधानमन्त्री ओलीले अहिले नै यो क्षेत्र तोक्ने बेला नभएको भन्दै विचार गर्न आग्रह गरेका थिए । भारतमा कोरोना संक्रमण बढिरहेको र हुनुपर्ने परीक्षण पनि नभइनसकेकाले अहिले नै जोखिममुक्त भइयो भनेर नठान्न समेत प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीले उच्च स्तरीय समन्वय समिति र सिएमसीको संयुक्त बैठक बालुवाटारमा राखेका हुन् । सोमबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकमा लकडाउन ‘मोडालिटी’ परिवर्तन गरेर संक्रमण नभएका ठाउँहरूमा खुकुलो बनाउन सकिनेबारे छलफल भएको थियो। यद्दपी काठमाडौंलाई भने उच्च जोखिममा राख्ने समेत भनिएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार