कोशी अस्पतालस्थित कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६ जना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् ।

भारतमा लकडाउन भएको कारणले स्थानीय मदरसाको जिम्मा लगाएर ६ जनालाई डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिसिन विभागका प्रमुख डा दीपक सिग्देलले जानकारी दिए । डिस्चार्ज भएका बिरामीलाई सामाजिक दुरी कायम गरी सेल्फ आइसोलेसनमा बस्नलाई अनुरोध गरिएको उनले बताए । १४ दिनपछि पुनःपरीक्षण गरिने उनको भनाइ छ ।

उनीहरुको शरीरमा एन्टी बडीको विकास भयो भएन त्यसको परीक्षण गरिने उनले बताए। अन्य संक्रमितको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए । ‘थप संक्रमितको पनि परीक्षण गरिरहेका छौ, जतिसक्दो नेगिटिभ आउछ त्यति चाँडो अरुको पनि डिस्चार्ज गर्छौ,’ उनले भने । गत वैशाख ५ र ६ गते उदयपुरको त्रियुगास्थित भुल्केबाट ल्याइएका १३ मध्ये ६ जनाको रिपोर्ट ३ पटकसम्म नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

उनीहरुलाई अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाई गरे । विराटनगरको कोशी अस्पतालमा अब २५ जना उपचाररत छन् । अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका २८ मध्ये ६ जना निको भएका हुन् । अन्य तीन जनामध्ये दुईजना झापा र एक जना भोजपुरका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार