काठमाडौं । नेपालमा पनि कोरोनाभाइरस (कोभिड १९)को संक्रमित संख्या दिनानुदिन बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार दुई महिने शिशुसहित १७ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको हो ।

कोरोनाभाइरसको अपडेट गराउन आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बुधबार दुई महिने शिशुसहित १७ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

उनकाअनुसार संक्रमित १७ जना पर्साको वीरगञ्जका रहेका र १० जना पुरुष र ७ जना महिला छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९९ सय पुगेको छ भने उपचारपछि निको भएकाहरु संख्या २२ रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार