दयानन्द गोस्वामी

प्रत्येक साजमा जब तिम्लाई गाएँ
गाएर म आफूमा स्वयं नै हराएँ,

ओझल हुँदा मेरा नजर हरु बाट
शमशान सरह नै भयो जीन्दगी,

आत्मा विहिन यो खोक्रो तमोर
मृत्यु सरह एउटा ईकाई नै भयो,

जन्म जन्मको कस्तो बन्धन योरु
वा जीवन सुल्झाउने सिखाई भयो,

स्पन्दनहरू ले तिम्लाई सम्झिँदा
म आफू तिम्रो नाममा दर्ज भएँ,

आभाष हुन्छौ मेरो छाया वरिपरि
अधिष्ठाता संग गर्दछु म बन्दगी,

ओझल हुँदा मेरा नजर हरु बाट
शमशान सरह नै भयो जीन्दगी,

मेरो गीतमा नै छ त्यो सजीवता
जहाँ छ प्रेमको व्यथित मर्मकथा,

प्रत्येक हरफहरू रक्तले लेखिएको
मर्मज्ञविहिन , अशेष अनन्त व्यथा,

विरहमा कहिल्यै श्याम बनेको थ्यें
पाउँदा म राधा सरी नै रोएको थ्यें,

प्रत्येक साजमा जब तिम्लाई गाएँ
गाएर म आफूमा स्वयं नै हराएँ,

ओझल हुँदा मेरा नजर हरु बाट
शमशान सरह नै भयो जीन्दगी।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार