मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलाम जिल्ला चुलाचुली ४ बस्ने ३१ वर्षीय रनबहादुर लिम्बु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका– ५ स्थित रवि पेट्रोल पम्प नजिकै शुक्रवार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ८६ प ९७७० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख नम्बरको मालवाहक ट्रक एक आपसमा ठोक्किएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लिम्बुको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यता इलाका प्रहरी कार्यालय दमकले दुवै सवारीसाधन नियन्त्रण लिए पनि ट्रक चालक फरार रहेको जनाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार