सरकारले कक्षा १ देखी ऐच्छिक विषयमा सस्कृत भाषालाई पठन पाठन गराउने निर्णय गरेपछि नेपालका मातृभाषाहरु लाई भने पाखा लगाइएको भन्दै विरोध र आलोचना शुरु भएको छ । यसै सन्दर्भमा मातृभाषाको महत्व र यस्को विकास, संरक्षण्का लागि सरकारले बनाउनु पर्ने नीतिका बारेमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले विज्ञप्तीका रुपमा प्रकाशीत गरेको निकै लामो लेखको सम्पादीत अंश-मातृभाषाको उत्पति ,बिकास मानब जातिको सबैभन्दा सुन्दर र महान कार्य हो ।

एउटा मातृभाषा बिकास हुन् कम्तिमा पनि ६ देखि १० हजार बर्ष लागेको हुन्छ । मातृभाषाको विकास भएपछी नै उक्त समुदायले आफ्नो धर्म ,सस्कृति, विश्व ब्रमाण्ड बारेको बुझाइहरु बिकाश गरेको हुन्छ र उक्त बुझाइहरुलाई लिखित वा मौखिक रुपमा पुस्तान्तरण गर्दै जीवित बनाइरहेको हुन्छ । मातृभाषा छैन भने समुदायहरु जनावरमा परिणत हुन्छन् । यदि जनवारहरुले भाषा बिकास गर्न सकेको भए यहाँ मान्छेको होइन सिंह वा कुनै जनावारको शासन भैरहेको हुन्थ्यो । जस्तो सिंहहरु बोल्न सक्ने भए उनीहरु बिच सल्लाह हुन्थ्यो र सबै जना भेला भएर निश्चित मितिमा निश्चित गाउँमा आक्रमण गर्ने योजना बन्थ्यो । यदि सय वटा सिंहहरु भेला भएर कुनै गाउमा एकैपल्ट आक्रमण गर्ने हो भने भोलि देखि त्यहाँ कोहि बस्दैनथे, त्यहाँ सिंहको राज हुन्थ्यो । तर सिंहहरुले त्यो सामुहिक आक्रमण गर्न सक्दैनन किनकि उनीहरु शारिरिक बल मात्र छ तर, सल्लाह गर्ने भाषा छैन । तर मान्छे संग भाषा छ, मान्छे पनि पहिले जनवार नै थियो तर मान्छेले भाषा बिकसित गर्न सकेकोले मान्छे जनवारबाट मान्छे भयो ।

अहिले पृथ्वीमा मान्छेको शासन छ । किनकि मान्छेले दशौ हजार बर्ष लगाएर बहुत दुःखले मातृभाषाहरु बिकसित ग¥यो । मान्छेहरु एकठाउँ भेला भएर आक्रामणको सुरक्षाको नीति र योजनाहरु बनाउन सक्छन । मुख्यकुरा मान्छेहरु आफ्नो भाषामा सल्लाह गर्न सक्छन । आज यस्तो महत्वपूर्ण मातृभाषा जुन निर्माण गर्न कम्तिमा १० हजार बर्ष लाग्यो, त्यही भाषाको कारणले हामीलाई पृथ्वीको प्राणिहरु मध्ये सर्वोत्कृष्ट प्राणि मानब बनायो । तर त्यहि मातृभाषा माथि निरन्तर आक्रमण हुदा हामी नेपालका आदिबासीहरुले अझै भाषाको महत्व राम्ररी बुझ्न सकेका छैनौ । हाम्रो त्यहि विवेकहिनता माथि टेकेर कहिले राणा, कहिले पन्च, कहिले कांग्रेस, कहिले कम्युनिस्टहरुले हामीमाथि निरन्तर प्रहार गरिरहेका छन् । मातृभाषा निर्माण गर्न हाम्रो पुर्खाहरुले दश हजार बर्ष देखि निरन्तर कसरत गरेका छन् । त्यो बाँदर वा सिंहको जस्तो आवाजलाई बिस्तारै शब्दहरुमा विकास गरेर पुरा बाक्य बनाउन कति हजार बर्ष लाग्यो होला ? अनि शब्दहरुको बिकास गरेपछी ,वाक्य र ब्याकरण निर्माण गर्न कति हजार बर्ष लाग्यो होला ? अनि त्यो भाषालाई हिजो देखि आज सम्म जीवित बनाएर ल्याउन पुर्खाहरुले कस्तो कस्तो कष्ट सहनु पर्यो होला ? जुन मातृभाषा आज हामी संग छ त्यो एक दिन एकरातमा बनेको सम्पति होइन ।

यसको लागि हजारौ बर्ष लागेको छ । त्यो मातृभाषाको तरङ्गहरु हाम्रो रगत, डीएनए कोषमा गढ़िएर बसेको हुन्छ । मानव जातिले निर्माण गरेको सबसे पुरानो र अमुल्य सम्पति नै मातृभाषा हो । मातृभाषाको बिकास भएपछि नै इश्वरीय सोचहरु बिकास भयो र त्यो सोचहरु लिपिबद्द भयो । अस्तित्व (भहष्कतभलअभ) भनेको मानब जातिले सामुहिक रुपमा बिकास गरेको सबसे पुरानो सम्पति हो । मानब जातिले सबै भन्दा पहिले दशौ हजार बर्षमा बिकसित गरेको सम्पति मातृभाषा भएकाले मानब अस्तित्वको प्रमुख कडी मातृभाषा मानिएको हो । यसै आधारमा अस्तित्वको लडाइमा इश्वरबादी र भौतिकबादी संगै जान सकिन्छ भनिएको हो । किनकि शिद्धान्तहरु पछी बिकसित भएका हुन् । मातृभाषा वा प्रमुख अस्तित्व शिद्धानन्त बादहरु नजन्मिदैका उत्पती भएका हुन् । मातृभाषाको रक्षा हुनसक्यो भने इश्वरबादी र भौतिकबादी दुबैलाई आआफ्नो दर्शनहरु लिपिबद्द गर्न छुट्टै आधार बन्छ । मातृभाषाले जहिले पनि आफु उत्पति भएको भूमिको खोजी, रक्षा गर्छ । यसरी विश्वमा जहाँ जहाँ अस्तित्वको लडाई भैरहेको छ त्यो मातृभाषाको अस्तित्व रक्षा कै लडाई हो । हामी केहि व्यक्तिहरुले अरुको भाषामा पनि ज्ञानहरु हासिल गर्न सक्छौ ।

पढेर सिके पछी कुनै पनि भाषा जान्दै नजानिने होइन । यसरी अरुको भाषामा ज्ञान सिक्ने केहि व्यक्तिहरुले सिक्न सक्छन् तर मूल समुदाय भने फेरी पनि पछि नै रहन्छ । किनकि मूल समुदाय दशौ हजार बर्ष देखिको आफ्नो मातृभाषालो लय (च्जथतजm) मा नै हिडिरहेको हुन्छ । समुदायले उसकै भाषाको लयमा मात्र ज्ञानगुनका कुराहरु छिटो टिप्छ । आफ्नो मातृभाषालो लयलाई समुदायले माया गरेको हुन्छ । उक्त लयमा उनीहरुले आफ्नो अस्तित्वबोध गर्छन । उक्त मातृभाषाको शब्दहरुले उनीहरुको मन, मुटु, दिमागलाइ एकैपल्ट छुइदिन्छ र छिटो ज्ञान ग्रहण गर्छन् ।

मातृभाषीले अरु भाषामा शिक्षा लिनु परेको अवस्थामा दुइ प्रकारको समुह बिकसित हुन्छ । पहिलो ,मणि हराएको सर्प जस्तो धेरै दिन अनिदो बसेको मान्छे जस्तो, लट्टाईबाट धागो चुटिएर कहिँ पनि खस्न सक्ने दिशाविहीन गन्तब्य बिहिन चंगा जस्तो सपना बिहिन मान्छे हुन्छ । दोस्रो कुरा अरुको भाषामा राम्रै दर्जा लिएकाहरु पनि ज्ञानको गहिराइमा पुग्न नसकिरहेको, अस्तित्व गुमेको पीडाले आत्माग्लानी लिएर अरुको आशिर्बादको पर्खाइमा बाच्नु पर्ने, स्वाभिमान खुम्चिरहेको अवस्थामा बसेका हुन्छन् । यस्तो अवस्थामा आदिबासी मातृभाषी बिध्यार्थीहरुले कसरि प्रगति गर्छन त ? जबकी कुनै पनि बिद्यार्थीहरु, खोज अन्वेषकहरुले नयाँ नयाँ प्रगति गर्न बिद्यार्थीहरु उत्साहित, सन्तुस्ट हुनुपर्छ ।

उनीहरुको दिमाग शान्त हुनुपर्छ र उनीहरुको सिकाइ दशौ हजार बर्ष देखि पुर्खाले सिक्दै बोल्दै आएका ज्ञानको लयसंग मिल्नु पर्छ । किनकि शान्त दिमागले नै सिर्जनाका शक्तिहरु उत्पादन गर्छन भनिन्छ । जब आदिबासी मातृभाषी बिद्यार्थीहरुको दिमागमा मलाइ आफ्नो भाषा बिर्सन लगाइदै छ, जुन दिन म त्रिबिको डिग्री ग्रहण गर्छु  l

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार