कमला भट्टराई – भद्रपुर /केही समय अघि मंत्री एवं सांसद सुरेन्द्र यादवको अपहरण प्रकरणमा संलग्न भनिएका पूर्ब आईजीपी सर्बेन्द्र खनालको बचाई गर्दै प्राइम टेलिभिजनमा नेपाल पूर्ब प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्तराज कुंबरले दिएको अन्तर्बार्तालाई लिएर सोमबार संगठन मेचीनगर समितिले बिज्ञप्ति जरी गर्दे समाजमा घृणा फैलाउने कार्यलाई पक्ष-पोषण गर्ने ढंगले दिएको अन्तर्बार्ताले संगठनको गरीमाप्रति धक्का पुगेकोमा ध्यानाकर्षण भएको उल्लेख छ । 

बिज्ञप्तिमा संगठन सेवा निवृत प्रहरी कर्मचारीलाई एक सुत्रया बाँध्ने र आपसी सदभाव कायम राख्ने अभिप्रायबाट गठन गरिएको हुँदा पक्ष-बिपक्षमा रही कानूनी उपचारलाई प्रभाबित पार्ने ढंगले संगठनको ब्यानरबाट बिचार सम्प्रेषण गर्नु असान्दर्भिक भनेको छ ।

संगठन नगर समिति अध्यक्ष अमिन अली शेख, पूर्ब जिल्ला अव्यक्ष प्रेमबहादुर लामा सहित सामुहिक हस्ताक्षर गरिएको उक्त बिज्ञप्तिमा अपहरण काण्ड सम्बन्धि चटनाको सत्य तथ्य बिबरण सार्बजनिक हुन नपाउँदै एकांकी ढंगले टिका टिप्पणी , अभिब्यक्ति र अन्थ भक्ति भाव देखाउने संगठनका केन्द्रिय अध्यक्ष कुंबरको नीजि स्बार्थबाट प्रेरित भई आएको अन्तर्बार्ता अभिब्यक्तिको परकाष्ठा हो भनेको छ।

बिज्ञप्तिमा अगाडि भनेको छ”कसैको नीजि बिचार सिंगो संगठनको सहमति र ऐक्यबध्दताको प्रतिनिधित्ब हुन सक्दैन। “

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार