कोरोना संक्रमणको बहानामा विभिन्न कम्पनीहरुले बजार प्रतिनिधीलाई कामबाट निकालेको तथा तलब कटौती गरेको घटनाप्रति नेपाल बजार विक्री प्रतिनिधि संघले आपत्ति प्रकट गरेको छ ।

संघका अध्यक्ष सूर्य पराजुलीले एक विज्ञप्ती जारी गर्दै संकटको घडीमा ज्यानको समेत प्रवाह नगरी काममा खटिएका प्रतिनिधिहरुलाई कामबाट निकालिएको खबरप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ । बजार प्रतिनिधी कोही कसैको पनि पारिश्रमिक कटौती नगर्न आग्रह गर्दै उहाँले पेशागत अडिगताप्रति बजार प्रतिनिधिहरु कटिबद्ध भएको उल्लेख गर्नुभएको छ ।

बजार प्रतिनिधिहरुको अथक प्रयासबाट व्यवसायिक प्रतिष्ठानहरुको प्रतिष्ठा जोगिएको भन्दै यो यथार्थतालाई ध्यानमा राख्न उहाँले विशेष आग्रह गर्नुभएको छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार