बलात्कार

भक्तपुर, जबरजस्ती करणी गरेको अभियोगमा रत्न प्रसाद शाही मंगलबार दिउँसो पक्राउ परेका छन् ।१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका लिवाली डेरा गरी बस्ने सोही नगरपालिकाका शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

शाहीले ती बालिकालाई आफ्नो कोठामा बोलाई ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार