कमला भट्टराई l हिन्द धर्मशास्त्र मानस खण्डमा संस्कृत भाषामा उल्लेखित ‘नन्द पर्वत आरज्ञ यावत सन्धा काक पर्वत’ श्लोक अनुसार लिपुलेक नेपाल स्थित दारुक वनमा रहको जगदगुरु बालसन्त मोहन शरण देवाचार्यले बताएका छन् । उनका अनुसार शास्त्रमा उल्लेख भएको दारुक बन नेपालको दार्चुलमा छ । बनमा नागेश्वर र मलिकालिन जोतिर्लिङ महाकाली र लिपुलेक पर्दछ र त्यहा“ बेदव्यासको आश्रम पनि रहेको उनले बताएका छन् ।
पछिल्लो पटक नेपालको भूमि अतिक्रमण गरेर भारतलै सडक बनाएको उक्त स्थलका बारेमा उत्पन्न विवादका बारेमा चर्चा गर्दै जगदगुरु मोहन शरणले भने ‘लिपुलेखको पौराणिक नाम लिपि पर्वत हो । अहिले पनि तिङकर भन्दा मास्तिर ब्यास गाउ“पालिका छ । जुन व्यास जीको तपस्थली हो ।’ उनका अनुसार त्य“हा व्यास गुफा छ, त्यहा“का मानिसहरुको थर पनि व्यासी नै हो । सवै कुराले व्यास जीको तपस्थल दार्जुला जिल्ला दारुक वन भएको उनले बताए । उनले भने ‘लिपुलेख दारुक वनमा पर्छ भन्ने पुराणमा प्रमाण छ, यी तथ्यले लिपुलेख सहितको भुभाग नेपालमा पर्छ ।’ नेपाल–भारत बिच २३ वर्ष अघि महाकाली सन्धि भएको थियो । त्यती बेला पनि महाकाली नदीको उद्गमस्थलको विषय उठेको हो ।
तर, भारतले नेपाली भूभाग लिपुलेख, लिम्पियाधुरा सहितको भूभाग समेत भारतको नक्सामा देखाएर प्रकाशित गरेपछि शुरु भएको विवाद भारतले नेपाली भूभाग लिपुलेखमा सडक निर्माण गरेपछि नया“ रुपमा उठेको छ । जगदगुरु मोहन शरण भन्छन् ‘त्यस कारणले सरकारले जान्नु र बुझ्नु पर्ने हो, घरकी आमा लाई कसैले मेरो भन्छ भने इमानदार छोराको कर्तव्य पूरा गर्न पर्छ ।’ उनले अहिले नेपालमा कसैले राष्ट्रिय भावना नदेखाएको र सरकार लाचार भएको जस्तो देखीएको बताउ“दै भने ‘भारतपनि इमानदारी हुनुपर्छ, यथार्थ छानविन गर्नुपर्छ अन्तर्राष्ट्रिय कानुन छ, अदालत छ र सिमाकन हेर्ने बिज्ञ, निकायहरु छन् सरकारले सबै उपाधहरु अवलम्बन गरोस भन्ने मेरो आग्रह छ ।’
उनले लिपुलेकको लिपि पर्वत साक्षत बेदव्यासको तपस्थल, यक्षरा कुवेरको यक्षस्थल, यक्षराज कुवेरको दार्चुलामा रहेको दरवारमा बसेर वेदब्यासले भगवन शंकरको आरधना गरेको शास्त्रमा उल्लेख रहेको बताए । उनका अनुसार शंकर भगवान प्रकट भएर के चाहिन्छ भनि सोधनी गर्दा व्यासले भगवान शंकरलाई यक्षराजको यक्षमा पानिको अभाव छ भन्दा भगवान शंकरले जटावाट गंगा झार्न खोज्दा गंगाजी झर्न चाहनु भएन ।
भगवान शंकर ज्यादै रिसाउनु भयो । गंगा जी झर्न चाहनु नभएपछि भगवान शंकरले रिसाएर महाकालको रुपधारण गरेका थिए । पुराणमा उल्लेखीत वर्णण सुनाउ“दै उनले भने ‘भगवान शंकरले हातमा त्रिशुल लिएर जटामा प्रहार गर्नु भयो र गंगा जी डराएर लगलग काम्दै कालो वर्णकी भएर लिपुलेखमा झर्नु भयो ।’ त्यस कारण ‘महाकाली सिरभुता, गंगा त्रिपोतागामिनि महाकाली ती बिख्यात भबिष्युते कलोयुगे’ जस्ता भनाइहरु पुराणमा उल्लेख भएको उनले बताए । बालसन्तका अनुसार महाकाल रुपको जटावाट परिणत भएका हुनाले गंगा जीको नाम पनि महाकाली रहन गएको हो ।