लमहीबाट तुलसीपुर जाँदै गरेको ना ३ च ५९४५ नम्बरको पिकअप भ्यानले तुलसीपुरबाट घोराही आउँदै गरेको रा ५ प ३६८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका – ७ का ३० वर्षिय विशाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मोटरसाइकलमा सवार १३ वर्षिया हक्की पुनलाई उपचारको लागी कोहलपुर लगिएको छ भने ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार