प्रेमको क्षितिज मा एउटा यात्री
सौम्याको पछ्यौरामा अनुबन्धित,सारा दिन थकित सूर्यको भाँति
निशाको अंकमा समाहित हुनलाई,आतुर अनी लालायित भईरहेको
बतासको पनि आफ्नो मन्द गति,प्रेषित छ शितल मनोहर वातावरण
प्रत्येक साँसमा उनकै अनुभूतिहरु,जसमा मेरा कथाहरु जीवन्त छन
निशब्द रातमा पनि जुनको मुहार,जब उसका स्नेहिल प्रतिबिम्बहरु
नील सरितामा प्रतिबिम्बित हुन्छन्,प्रेमिल उत्कण्ठाहरुको सुर गुन्जन
जहाँ अनुरागी हाँसहरु तैरी रहन्छन्,चट्टानहरु मा चोट खाएका प्रतिध्वनि
तरंगित गराउँछ उनको मानस लाई,स्वच्छन्दताले नै अनुगृहीत गराएर
विहानीको प्रभाती सूर्य किरणमा,लालिमा भएको गगनका कपोलहरू
सुरमयी बादलका ती नयनहरु झैं,जलपरिवेष्टित सम्पूर्ण ती दिशाहरू
मेरा विलोचनहरु देखी भयो नन्दित,प्रेमको क्षितिज मा एउटा यात्री,
सौम्याको पछ्यौरामा अनुबन्धित।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1