सईद उल शेख – हाल विश्वभरी महामारीको रूपमा फैलिरहेका कोरोना भाइरस नेपालमा पनि कोरना भाइरस संक्रमितहरु देखिएका छन। मुस्लिम समुदायको पवित्र महीना रमज़ान लकडाउनको क्रममा परेको हुनाले यसपालीको रमज़ानमा देखिएको फेरबदल ऐतिहासिक मान्न सकिन्छ ।
धार्मिक विषयहरुमा कड़ाईका साथ नियमहरू पालना गर्ने मुस्लिम समुदाय कोरोना भाइरसलाई पराजित गर्नका लागि कुरआन र हदीश (धार्मिक पुस्तक) को पालना गरेर,नेपाल सरकारको निर्णयलाई स्वागत गर्दै र मुस्लिम आयोग समेतको अपीललाई सम्मान गर्दै नेपाली मुस्लिम समुदाय रमजान महीनामा र अरु दिनहरुमा गरिने सबै धार्मिक कार्यहरु घरमा नै गरिरहेका छन् ।
मुस्लिम आयोगले गठन गरेको जिल्ला स्तरीय अनुगमन समितिले स्थानीय प्रशासन र जनप्रतिनिधिहरू संग समन्वय गरि मस्जिद मदरसा अनुगमन गरिरहेका छन । अहिले सम्म प्राप्त भएको सूचना अनुसार कुनै पनि मस्जिद, मदरसा तथा अन्य मुस्लिम धार्मिक स्थलहरुमा लकडाउन विपरीत कार्य गरिएको देखिएको छैन ।
झापा जिल्लाका अनुगमन समिति ले मस्जिदहरुका मौलानाहरु सँग छलफल गर्ने क्रममा वहाँहरुले अनुगमन समितिलाई साथ र सहयोग दिनुभएकोछ र वहाँहरुले थप रोचक कुरा भन्नु भयो ” बेटा इस्लामले महामारी बारेमा अवगत गराएको छ र जब जहां महामारी फैलिएको हुन्छ जस्तै की अहिले कोरोना भाइरस सवाधानीका लागि घरमा बस्ने संक्रमण फैलिएको स्थान मा नजाने संक्रमित इलाका को व्यक्ति हरू अरू स्थान तिर नजाने यदि सामान्य स्थिति छ भने मस्जिदमा नमाज पढ्न मिल्छ तर जून अवस्था अहिले देखिएको छ मस्जिदमा नमाज जमाअतका साथ पढ्न मिल्दैन किन भने यदि कुनै एक व्यक्ति संक्रमित रहेको छ भने त्यहाँ उपस्थित भएका सबै नमाजीमा संक्रमण फैलिने संभावना बढ़ी हुन्छ सो इस्लामले यो पनि भनेको छ की आत्महत्या हराम हो र जानिजानि आफ्नो शरीरलाई हानि पुर्याउनु हराम हो ।
यसले के साबित हुन्छ की घरमा नमाज पढ्नु इस्लाम विपरीत कार्य होइन । बरु इस्लामको आदेस हो । बिभिन्न धार्मिक किताबहरुमा (हदीश) कस्तो अवस्थामा मस्जिदमा नमाज नपढ्ने भनेर उल्लेख गरिएको छ । जस मध्य एक महामारी पनि पर्छ । हामीलाई नेपाल सरकारले सामाजिक दूरी कायम गरि ५ जना सम्मलाई नमाज पढ्ने छूट दिएको छ । अब हाम्रो कर्तव्य बन्छ की नेपाल सरकारको निर्देशन पालना गर्नु तसर्थ हामीले ईमानदारीताका साथ लकडाउनको पालना गरिरहेका छौं र हामी इफ्तार , शेहरी लगायत पाँचौ समयको नमाजमा अल्लाह पाक संग दुआ (प्राथर्ना) गर्छौ की यो महामारी छिटो भन्दा छिटो रोक्नमा सफलता मिलोस र संक्रमितहरुलाई अल्लाह पाक ले शिफा ( स्वस्थ) बनाउन ।
भारतीय मीडया र नेपालका केहि ऑनलाइन मीडयाहरुले कोरोना भाइरस संग जोडेर चलाएको मुस्लिम समुदाय विरुद्ध भ्रामक खबरहरु सबै परास्त भएको छ । भनिन्छ नि “झुट को बढ़ी दिन हुदैन” अंततः सत्यको जीत भएछ । भाइरसको कुनै धर्म र जाती हुदैन । नेपाली मुस्लिम समुदाय माथि लगाएको सबै आरोप समय संघार सबै झुटो प्रमाणित भएको छ, असामाजिक तत्वहरु पराजित एवम् लज्जित भएकाछन ।