हेमन्त कुमार मैनाली /प्रमुख सम्बादाता

  हल्दिवारी । नेपालमा केही दिन यता कोरोनाभाइरस संक्रमितको सख्या ह्वात्तै बढेको छ । भारतमा रेल सेवा सुरु भएसँगै सीमा नाका भएर हजारौं नेपाली नागरिक स्वदेश फर्किएका छन् । उनीहरुमा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या बढेको हो ।

पछिल्लोपटक आइतबार र सोमबार रौतहटमा देखिएका १८ जना संक्रमितहरु भारतबाट हालै फर्किएकाहरु हुन् । रोजगारीका सिलसिलामा भारत पुगेकाहरु त्यहाँ लकडाउन अलि खुकुलो बनाइएसँगै नेपाल भित्रिनेको संख्या बढ्दै गएको छ ।यसरी फर्किएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

तर, लुकीछुपी आएका र लुकेरै बसेकाहरुबाट सीमा क्षेत्रका गाउँ जोखिममा परेका छन् । भलै स्थानीयहरु चनाखो भएर कोही बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न थालेका छन् । उनीहरु थ्रोट स्वाब संकलन गरेर परीक्षण पछि मात्रै उनीहरु घर जान दिइनेछ ।भारतमा गत मंगलबारबाट रेलसेवा सुरु गरेसँगै नेपाली घर फर्किन थालेका छन् ।

सीमा नाकामा प्रवेशमा कडाइ गरिए पनि विभिन्न सीमा क्षेत्रबाट नेपाल प्रवेश गरिरहेका छन् । लाखौं नेपाली सीमा क्षेत्रमा आइपुगेका छन् । पर्साका केही स्थानीय तहले भारतसँगको सीमा क्षेत्रमा तारबारसमेत लगाएका छन् ।भारतले नेपालीलाई घर फर्किन छुट दिएको जस्तै देखिन्छ, सीमा क्षेत्रमा आइपुगेका नेपालीको संख्या हेर्दा । उनीहरुलाई व्यवस्थित रुपमा राख्न नसकिए कोरोनाको उच्च जोखिममा तराई र त्यस आसपासका क्षेत्र पर्न सक्ने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार