विश्व जगत यतिबेला महासंकटमा छ । संकट निकै कहाली लाग्दो रुपमा बढी रहेका कारण विश्व जगत आतंकित छ । विश्व इतिहासमा यस्ता संकट नयाँ भने होइनन् । हरेक एक डेढ सय वर्षमा ठूल्ठूला महामारीहरु आएको र धेरै ठुलो धनजनको क्षती भएका नजीरहरु छन् । यतिबेला सञ्चार तथा यातायातका कारण विश्व एक गाउँ जस्तै बनिरहेका कारण पनि महामारीका सबै सूचना विश्वका सबै जनसम्म पुगेको छ ।
तर विगतमा त्यस्तो अवस्था थिएन । कति मर्थे कति रु नेपालकै सन्दर्भमा भन्नु पर्दा पहिलो जनगणनामा भन्दा दोस्रो जनगणनामा जनसंख्या घटेको रेकर्ड छ । त्यतिबेला औलो, विफर तथा क्षयरोगको महामारी भएको थियो । हैजाले पनि विनास लीला मच्चाउँथ्यो । गाउँका गाउँ सखाप हुन्थे तर यस्तो सूचना जहाँ तहीँ पुग्दैनथ्यो । छिमेकी गाउँमा मात्रै सिमित हुन्थ्यो । अहिले त्यो अवस्था रहेन । नेपालको एउटा कुनामा भएको घटना एक मिनेटमा संसारभरी फैलन्छ ।
जुन समाजले पाठ सिकेन त्यो समाज झन झन अधोगतिमा गएको देखिएको छ । पश्चिमा मुलुकहरुले आज विकासको चमत्कार गर्नु र हामी पछि पर्नुको कारण यही हो । किनकी विगतका महामारीलाई उनीहरुले प्रगतिको अवशरका रुपमा लिए, महामारी विरुद्ध लड्ने उपाय सिके तर हामी भगवान भरोषामा रह्यौं ।
विश्व इतिहासका घटनाक्रम हेर्ने हो भने महामारी, दैवी प्रकोपजस्ता ठूलो दुर्घटनाबाट जुन समाजले पाठ सिक्यो, त्यो समाजले निकै ठूलो प्रगति गरेको देखिएको छ, विश्वलाई नै जितेको देखिएको छ । जुन समाजले पाठ सिकेन त्यो समाज झन झन अधोगतिमा गएको देखिएको छ । पश्चिमा मुलुकहरुले आज विकासको चमत्कार गर्नु र हामी पछि पर्नुको कारण यही हो । किनकी विगतका महामारीलाई उनीहरुले प्रगतिको अवशरका रुपमा लिए, महामारी विरुद्ध लड्ने उपाय सिके तर हामी भगवान भरोषामा रह्यौं ।
अब यतिबेला फेरी अर्को महामारी सुरु भएको छ । जसलाई कोभिढ–१९ नाम दिइएको छ । अहिलेसम्मको अवस्था हेर्दा हामी भन्दा विकसित मुलुकहरु बढी आक्रन्त छन् । हामी उनीहरु जति आक्रान्त हुने चरण आउनै बाँकी हो कि जस्तो देखिएको छ । त्यतिन्जेल सम्म विकसित मुलुकहरुले औषधीको आविस्कार गरिसक्छन् कि ? भन्ने आशा छ । अमेरिका, बेलायत र चीन सरकारले ठूलो बजेट छुट्याएर आफ्ना बैज्ञानिकहरु प्रिचालन गरिसकेको अवस्था छ । एक डेढ वर्ष भित्र औषधी पत्ता लाग्ला कि भन्ने आशा गरिएको छ । जबसम्म औषधी पत्ता लाग्दैन तबसम्म महामारीबाट बच्नका लागि घरभित्रै सिमति भएर कसैसँग भेट घाट नगर्नु बाहेक अर्को विकल्प हामीसँग छैन ।
घरभित्रै सिमति भएर कसैसँग भेट घाट नगर्ने विकल्प अपनाउनका लागि सहज भने छैन । काम नगरी उत्पादन हुँदैन । उत्पादन विना जीविकोपार्जन हुँदैन । सबै भन्दा ठूलो कुरा भनेको पेट नै हो । पेटभरी खानै प-यो । पेटभरी खान नपाउने अवस्था आयो भने लुटपाट तथा गृह युद्ध हुन्छ । मानिसहरुलाई अरु थप रोगले आक्रमण गर्छ । कोरोनाका कारण यतिबेला अस्पतालको अभाव छ । अरु रोगका विरामीले समेत उपचार नपाउने अवस्था छ । यही जेठ ३ गते मात्रै बाँकेका एक युवाको झाडा–वान्ताका कारण क्वारेन्टाइनमै निधन भयो । उनले प्राथमिक उपचार समेत पाएनन् । उपचार पाएको भए उनी बाँच्ने थिएकि ? यसैगरी जेठ १ गते सिन्धुपाल्चोककी सुत्केरी महिलाको ज्यान गयो । उनको पनि प्राथमिक उपचारसम्म नपाई ज्यान गएको हो ।
यी दुई घटना अत्यान्त गम्भीर, मर्मस्पर्शी र संवेदनशील छन् । तर यी घटनाका विषयमा समाजिक सन्जाल तथा केही अनलाइनमा यसरी समाचार आए ती समाचारको भाषा तथा बेहोरा हेर्दा हामीमा संवेदनशीलता मरिसकेको पो होकि ? जस्तो देखियो । ‘कोरोनाबाट निधन हुने पहिलो महिला’ भन्दै धेरैले सामाजिक संजालमा पोष्ट गरे । यो मृत्यु कुनै प्रतियोगिता हो र ? महिलाको मृत्युको ऋंखला सुरु होस् भन्ने यचनाका साथ सामाजिक सञ्जालमा पोष्ट गरिएको जस्तो संकेत देखियो । यस्ता घटनाका विषय प्रस्तुत गर्दा भाषिक संवेदनशीलताको पनि ख्याल गर्नु पर्छ । कतिपय महिलाहरुले नै यसरी प्रस्तुत गरेको देखियो । पत्रकार जगतले पनि ख्याल गरेको पाइएन । पहिलो होइन कि उनी अन्तिम महिला बनुन् भन्नेमा कसैको ध्यान गएझै लागेन ।
दैनिक जनजीवन प्रभावित बनेको छ । मानिसहरु आफ्नो नियमित काम छाडेर घर घरमै बसिरहेको अवस्था छ । शिक्षा र स्वास्थ्य नराम्ररी प्रभावित भएको छ । वन्द व्यापार तथा उद्योग धन्दा ठप्प हुँदा मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित बनेको छ । हाम्रो जस्तो विकासशील राष्ट्रले झनै ठूलो संकट झेल्नु पर्ने खतरा हाम्रो सामु प्रष्ट छ । यही अवस्था रहेमा विश्व अर्थतन्त्र १०–१५ वर्ष पछि धकेलिने प्रक्षेपण विज्ञहरुले गरेका छन् । हाम्रो अवस्था के होला ? अझै भन्न सकिने अवस्था छैन ।
लक डाउनका नकरात्मक असरका विषयमा धेरै लेखिएका छन् । बोलिएका छन् तर सरकरात्मक असरका विषयमा थोरै लेखिएका छन् । थोरै बोलिएका छन् । लकडाउनको अवधी दुई महिना पुग्दा व्याक्तिगत दैनिकीमा असर परे पनि उत्पादन मुलुक काम हुन नसके पनि समयको बैकल्पिक उपयोग गर्न सक्नेहरुलाई अवशर प्राप्त भएको छ । व्याक्तित्व विकासका लागि समय मिलेको छ । सिर्जनसिलता बढेको छ । पुराना सरसामानको संरक्षण गर्ने अवशर प्राप्त भएको छ । जस्तै– आँफूले प्रयोग गर्ने सामान, लत्ता कपडा, फोटो किताव आदी । परिवारसँग घुलमिल गर्ने अवसर मिलेको छ । प्रविधिको प्रयोग र सिकाई बढेको छ ।
यसैगरी आफ्नो दैनीकीलाई व्यास्त राख्ने बैकल्पिक उपायको खोजी बढेको छ । केही न केही नयाँ कुराको सिकाई जस्तो करेसावारी, खेतिपाती, खाना पकाउने कला आदीमा समय उपयोग भएको छ । लामो समयदेखि घर बाहिर रहेका परिवारका सदस्यहरु एकठाउँमा जम्मा हुने अवशर प्राप्त भएको छ । संयुक्त परिावरको अनुभव नयाँ पुस्ताले गर्न पाएको छ । एक्लोपन हटेको छ । समझदारी बढेको छ । विग्रेको संवन्ध सुधार गर्ने मौका प्राप्त भएको छ । कतिपयले आफ्नो घर पुग्न पैदलै १५औं दिन यात्रा गरेका छन् । यो १५ दिने पदयात्राको आफ्नै अनुभव छ । एउटा किताव पढ्दाभन्दा एकदिनको पद यात्राले जीवन बुझ्ने अनुमति बढी दिलाउँछ भनिन्छ । गाउँमा चहल पहल बढेको छ ।
बहुउद्देस्यीय समाज भएको छ । सरसहयोग बढेको छ । हुनेले नहुनेको चुलो बाल्न मद्दत गरेका छन् । महामारी सर्ने तथा सारिने कुरामा सचेत रहन सिकेका छन् मान्छेहरुले । व्याक्तिगत दुरी कायम भएको छ । साथी–संगी तथा हितैषीसँग भेट हुँदा हात मिलाउने, अंगालो हाल्ने आयतित प्रचलनले हामीलाई नराम्ररी गाँजेको थियो । यो प्रचलन विस्थापित भई आफ्नै मोलिक प्रचलन हात जोडेर नमस्कार गर्न नयाँ पुस्ताले सिकेका छन् । सामाजिक सद्भाव तथा एकतामा वृद्धि भएको छ ।
लक डाउनको राजनीतिक प्रभाव पनि धेरै हदसम्म सकरात्मक देखिएको छ । सरकारले आव्हान गरेको लकडाउनलाई केही अपवाद बाहेक जनताले पालना गरेका छन् । स्थानीय सरकार जनताप्रति उत्तरदायी भएको देखिएको छ । जनप्रतिनिधिहरुले आफ्नो उत्तरदायित्व बोध गरेका छन् । राहत संकलन तथा वितरण जस्ता काममा स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका अगुवा सरिक भएका कारण लोकतान्त्रिक शासन व्यवस्थाप्रति जनताको विश्वास वढेको छ ।
राष्ट्रिय मुद्दामा आफ्नो दललगत स्वार्थ त्यागेर एकजुट हुने नजीर स्थापित भएको छ । संघ संस्था, संगठनले सरकार कुन पार्टीको छ ? नभनी, कोरोना कष्टको सामाना गर्न स्थानीय प्रादेशिक तथा संघीय कोषमा रकम जम्मा गरेका छन् । वितरण प्रणालीलाई समानुपातिक र एकद्धार बनाउने प्रयास भएको छ ।
( गोमा नेपाल महिला नेत्री तथा सहकारी अभियान्ता हुनुहुन्छ )