कमला भट्टराई– भद्रपुर,  लकडाउन लम्बिदै गएपनि शहरी क्षेत्रमा कतिपय विद्यालयहरुले नतिजा प्रकाशित गरि नयाँ सत्र कहिले देखी शुरु हुने टुंगो नभई नयाँ भर्नाका लागि अभिभावकहरु लाई सम्पर्क गर्न थालेका छन् ।

ग्रामिण क्षेत्रमा भने कोरोना संक्रमण बढ्दै गएकोले बाहिर बाट आउनेहरुको लागि पूर्व तयारीको रुपमा विद्यालय भवनहरु धमाधम क्वारेन्टाइनमा परिणत गर्न थालिएको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकाले विषम परिस्थिति आउन सक्ने भन्दै ग्रामिण क्षेत्रका ३ वटा सामुदायीक विद्यालय लाई क्वारेन्टाइनको रुपमा परिणत गर्न थालेको हो । क्वारेन्टाइनका लागि आवश्यक भौतिक पूर्वाधारको आवश्यक सरकारी मापदण्ड पुरा गर्न सहज भएकाले नगरपालिकाले तत्काल ३ वटा सामुदायिक विद्यालय लाई क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

बिहिबार बसेको नगर कार्यपालिकाको बैठकले बराहक्षेत्र ६ चक्रघट्टी स्थित महेन्द्र माध्यमिक विद्यालय भवन, बराहक्षेत्र १० प्रकाशपुर स्थित प्रकाश माध्यमिक विद्यालय भवन र बराहक्षेत्र ३ साबिक भरौल स्थित महेन्द्र माध्यमिक विद्यालय भवनमा क्वारेन्टाइनका लागि आवश्यक पूर्वाधार जुटाउने निर्णय गरेको हो । साथै चतरा स्थित रामानन्दाचार्य सेवा पीठलाई क्वारेन्टाइन बनाउनका लागि प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।

यसअघि चतरा स्थित रामानन्दचार्य पीठ परिसर लाई क्वारेन्टाइन बनाउने बारेमा भएको छलफलमा स्थानियबासी, राजनीतिक दल, सराकारवालाहरुले पीठका भवनहरु लाई क्वारेन्टाइन बनाउन नहुने बताएका थिए । त्यस्को लागि विकल्प सुझाउँदै पीठका भवनहरुमा सुरक्षाकर्मी र चिकित्सक, स्वास्थ्यकर्मीहरुका लागि आवास बनाउन उपयुक्त हुने सुझाव दिएका थिए । त्यसै कारण पीठ लाई प्रदेश सरकारको जिम्म लगाइएको बुझिएको छ ।

तत्काल क्वारेन्टाइन बनाउन निर्णय गरिएका विद्यालयहरु मध्ये वडा ६ स्थित महेन्द्र मावि भवन चक्रघट्टीमा शुक्रबार देखिनै आवश्यक पूर्वाधार जुटाउन सुरु गरिएको छ । अन्य विद्यालय भवनहरुमा भने आवश्यकता अनुसार क्वारेन्टाइनका पूर्वाधार जुटाउने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद पोख्रेलले बताए । उनका अनुसार महेन्द्र मावि भवन बराहक्षेत्रमा पहिलो क्वारेन्टाइन बन्ने भएको छ । क्वारेन्टाइनमा आवश्यक सम्पुर्ण सामाग्रीहरु तयारी अवस्थामा राखिने छ ।

क्वारेन्टाइनमा वाइफाइ नेट देखि सिसिक्यामेरा समेत जडान गरिने पोखरेलले बताए । विदेशमा रहेका बराहक्षेत्रका स्थानिय नागरिकहरु नेपाल र भारत सीमाना सम्म आइपुगेका खबर आएकाले क्वारेन्टाइन बनाउन हतार गरिएको हो । जिल्ला भन्दा बाहिरका भारत लगायत तेस्रो मुलुकबाट नेपाल आउने र बिभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका वराहक्षेत्रका नागरिकहरु लाई सहजीकरण गरी सहज प्रवेश गराई क्वारेन्टाइनमा राखिने भएको हो । क्वारेन्टाइनमा बस्नेहरुलाई खानाको व्यवस्था नगरपालिकाले गर्ने र सुरक्षा व्यवस्था सुरक्षा निकायले गर्ने निर्णय गरिएको प्रशासकिय अधिकृत पोखरेलले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार