नयाँ बुहारीलाई सोफामा सबैको अगाडि बिना शिर ढाकी बसेको देखेर गाउँका सबै महिलाहरू एकाअर्कामा कानेखुसी गर्न लागे… ! हेर न कति लाज पचेकी बुहारी रहिछे, कुर्था सरवाल लगाकी छे न सल ले कपाल ढाकेकी छ, न सिउदोमा सिंदुर नै लगाएकी छ , आफ्नो काका ससुरा र हामी सबैको अगाडि !
बाकी बुहारिहरु कसरी घरमा बसेका छन् यसले देखेकी छैन कि क्या हो… बिबाह गरेको भर्खर ६ महिना पनि भएको छैन यस घरमा कदम राख्ने बित्तिकै सासुलाई खाइ ! भगवान्ले पनि किन अनदेखा गरेका होलान् ! यसको सासू गम्भीर बिमारी थिइन , दस महिना अगाडि देखि ओछ्यानको ओछ्यानमै सुति रहेकी थिइ बिचरी… बुहारिको पाइला घरमा पर्ने बित्तिकै उसलाई मुक्ति मिल्यो….! काकी सासुको कुरालाई समर्थन गर्दै काका ससुरा बोल्छन् हो – हो ठिक हो ! हामिलाई के मत्लब शहरकी ठुला बडाका छोरी यिनिहरुलाइ के को संस्कार … यही देखेर त हामी केहि बोल्दैनौं नि….!
यहाँ सबैले सुन .. म र कान्छो हामी दुई हरिद्वार जादैछौ भाउजुको अस्तु बिसर्जन को लागि ! हामिहरु गएपछि त्यस्तो केहि असभ्य व्यबहार नगर्नु ..! छोरी सुस्मा र रामहरि सोकमा छन् , उनिहरुलाई एक्लै नछाड्नु ! फ़ेरि पछि केही घटना घट्न सक्छ ! हुन्छ काका भन्दै शिर झुकाएर नयाँ बुहारिले भनी…! काकाहरु हरिद्वार गएपछि … रामहरिको अचानक छाती दुख्न थाल्यो उ दुख्यो पोल्यो भन्दै बिलाप गर्न थाल्यो… !
अब के गर्नु घरमा रामहरि बाहेक कोही छोरामान्छे थिएनन्… कसलाई बोलाउनु ..! काकी प्लिज तपाईं मलाई रामहरिलाई उठाएर गाडिमा बसाल्नको लागि मद्दत गर्नुहोस् ! नयाँ बुहारिले भनी! त्यसपछि कार स्टार्ट गरेर रामहरिलाई अस्पताल लिएर गई.. डाक्टरले भने कि रामहरिलाई हार्ट-अट्याक भएको थियो! तपाईंले समयमै ल्याउनुभयो नत्र बचाउन मुस्किल पर्ने थियो ! बुहारिले डाक्टरले भने अनुसार पटकपटक औसधि ल्याउने फलफूल जुस ल्याउने … चेकजाँच गराउने र फ़ेरि अपरेसनको लागि आफ्नो घाटिको मङ्ग्लसुत्र फुकालेर पैसाको जोह गर्ने ! यो सबै नंया बुहारी “दुर्गा” एक परिपक्व महिला जसरी रेखदेख गरिरहेकी थिइ… !
अन्ततः अप्रेसन सफ़ल भयो रामहरिको ज्यान बच्यो…. नयाँ बुहारिको आफ्नो परिवार प्रति समर्पण लगाब र धेरै नै कुसलताले सबै जिम्मेवारी समालेको देखेर उसकी काकिसासुले आफ्नो सानो छोरालाई भनिन्: सुन छोरा , बुहारी दुर्गा जस्तै बिबाह गर्नु… जसले भलै साडी नलगाउने , शिर नढाक्नेहोस् तर घरमा समस्या आइलाग्दा एक छोराले जसरी आफ्नो परिवारलाई समाल्न सक्नेहोस् ! यो सबै सुनेर रामहरि र दुर्गा एकाअर्कालाई हेरेर मन्द मुस्कुराउन थाल्छन् ! -सन्तोष कार्की मौसूफ