सम्बाददाता- धरान/ नागरिकता नहुँदा सरकारी निशुल्क उपचार बाट बञ्चि मृगौला रोगी एकल महिलालाई उपचारका लागि धरान–१५ लाजेशा पथ, रामलक्ष्मण मार्गका समुदायले ४१ हजार रुपया आर्थिक सहयोग प्रदान गरेको छ ।

धरान–१४ विजयपुर स्थित नरसिंह मन्दिर संगैको घरमा बस्दै आएकी सपना तावाहाङ लिम्बु नागरिकता नहुँदा मृगौला रोगी लाई सरकारले प्रदान गर्ने निःशुल्क डायलिसिस उपचारबाट बञ्जित भएकी छन् । आफ्नै खर्चमा उपचार गर्ने उनको कुनै आम्दामीको श्रोत छैन् ।

उनलाई उपचारका लागि आर्थिक सहयोग होस भनेर धरान १५ स्थित लाजेशा पथ तथा रामलक्ष्मण मार्ग टोल विकाश समितीले स्थानियबासी बाट रकम संकलन गरी ४१ हजार २४० रुपया आर्थिक सहयोग गरेको हो । निःशुल्क उपचारबाट बञ्चित मृगौला पीडित सपना आफ्नै खर्चमा उपचार गराउन नसक्ने अवस्थामा रहेकी उनि धरान १५ रामलक्ष्मण मार्गमा आफन्तको आश्रयमा छिन् । उनको दुवै मृगौला खराब भएर १ महिना देखि थलिएकी हुन् ।

मंगलवार टोल विकास समितिका अध्यक्ष रमेश गजमेरले पिडित महिलाकी आमा नविता तावाहाङ लिम्बुलाई रकम हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम धरान १५ लाजेशा पथ, रामलक्ष्मण मार्ग, कस्तुरी मार्ग, इन्द्रज्योती मार्ग, सेन्ट्रल मार्ग, चण्डेश्वरी मार्गका स्थानीयहरु बाट संकलित गरिएको हो । पीडितको उपचारका लागि थप आर्थिक संकलन गरेर पुनः सहयोग गर्ने समितीका सचिव देउमान लिम्बुले बताए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले पीडित तावाहाङको तत्काल हेमोडायलासिस गर्न तथा सम्भव भए मृगौला प्रत्यारोपण गर्न आवश्यक भएको बताएका छन् । मृगौला पिडितहरुलाई सरकारले दिएको सेवा पाउन पनि नागरिकता नभएकोले हेमोडायलासिस गर्न पनि आर्थिक उनले शुल्क तिर्नुपर्ने भएको छ । मृगौला खराब भएपछि हलचल गर्न नसक्ने अवस्थामा पुगेपछि चिकित्सकले उनलाई डायलासिसका लागि आउनु भनेका छन् तर शुल्क बुझाउन आर्थिक अवस्था नहुँदा उनी अहिले घरमै छिन् । उनको आफन्तको समेत आर्थिक अवस्था कमजोर भएकाले उनले सहृदयी दाताहरु संग आर्थिक सहयोगको याचना गरेकी छिन् ।

२३ वर्षिय सपनाका बुबा घर बनाउने मिस्त्री काम गर्छन् । अहिले लकडाउनका कारण रोजगारीनै गुमे पछि उनको परिवारमा झन समस्या बढ्दै गएको छ । सबैबाट सहयोग भए छोरीलाई बचाउन सक्ने आमा नविता बताउँछिन् । उनले भनिन्, ‘अहिले पनि विभिन्न व्यक्तिहरुले दिएको सहयोगबाटै उपचार गराईरहेको छु, नागरिकता नभएर निशुल्क भएको छैन्, किड्नी फेर्नुपर्छ भनेको छ, पैसा छैन, के गर्नु ?’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार