सम्बाददाता-इटहरी/ कोरोना भाइरस महामारी तथा लकडाउनले धराशायी बनाएको होटल व्यवसायीहरु लाई राहत स्वरुप स्थानिय सरकार धरान उपमहानगरपालिका व्दारा घर भाडाको ५० प्रतिशत छुट गर्न घर बहालकर अनुदानको रुपमा दिइनुपर्ने माग गरिएको छ । लकडाउन पछि धरानका होटल व्यवसायको चुनौती र सम्भावनाका बारेमा विहीवार सुनसरी उद्योग वाणिज्य संघव्दारा आयोजित छलफलमा व्यवसायीहरुले उपमनपा संग उक्त प्रस्ताव राखेको हो ।
छलफलमा पर्यटन व्यवसायी बासुदेव बरालले भने ‘पहिलो हामी उपमहानगरपालिका लाई राहतका लागि सहयोग गरेका थियौं, अब उपमहानगरपालिकाले होटल व्यवसायीहरु लाई अनुदान दिनुपर्ने अवस्था आएको छ ।’ उनले होटल व्यवसायीहरु लाई घर भाडामा ५० प्रतिशत छुट दिनका लागि उपमहानगरपालिकाले घरबाला लाई उक्त रकम बराबर बहाल कर छुट दिनुपर्ने प्रस्ताव गरेका हुन् । अनुदान स्वरुप घर बहाल करमा छुट दिएपछि उक्त रकम घरवालाले होटल व्यवसायीको घर बहालमा कट्टा गर्नुपर्ने उनले बताए । लकडाउन पछि धरानको पर्यटन व्यवसाय लाई पूनर्जीवित गर्न कोरोनाकै त्रासमा बसेर नहुने बताउ“दै परिस्थिति अनुसार अवसर खोज्ने कार्य जारी रहेको उनको भनाई थियो ।
बरालको अनुदान प्रस्तावको जावफमा मेयर तिलक राईले कोरोना महामारीले प्रभावित गरेको धरानको पर्यटन व्यवसाय लाई प्रवद्र्धन गर्न उपमहानगरपालिका सकारात्मक रहेको बताए । उनले भने ‘पर्यटन व्यवसायीहरुको माग के कति बजेटमा समेट्न सकिन्छ, त्यस सम्बन्धमा सुनसरी उद्योग वाणिज्य संघको पहलमा पुनः छलफल गरेर निश्कर्षमा पुग्ने छौं ।’ पर्यटनको कुरा आउ“दा धरान महंगो शहर भएको कुरा उठ्ने गरेकोमा ध्यानाकर्षण गराउ“दै उनले भने ‘यस्ता भ्रामक कुरालाई व्यवसायीले चिर्नुपर्र्छ, यस्तो गलत प्रचारले धरानको पर्यटन लाई नकारात्मक असर पर्नसक्छ ।’ मेयर राईले व्यवसायीहरुले बोली व्यवहार र वातावरण पनि पर्यटन मैत्री बनाउनु पर्ने सुझाव दिए ।
उपमेयर मञ्जु भण्डारीले कोरोना महामारीको त्रास संगै धरानका पर्यटन व्यवसायीले सुरक्षीत पर्यटनको अवधारणा अनुसार अघि बढ्नुपर्ने कुरामा जोड दिइन् । उनले लकडाउन पछिको धरानको पर्यटन व्यवसाय लाई प्रवद्र्धन गर्न उपमहानगरपालिकाले नया“ कार्यविधी बनाउने भएको बताइन् । उनले भनिन् ‘धरानको पर्यटन व्यवसाय सहज बनाउन उपमहानगरपालिकाले कार्यविधि बनाउने छ ।’ धरान डोभ होटलका सञ्चालक विशाल राईले उपमहानगरपालिकाले दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर मात्र होईन, अरु पर्यटकीय स्थलहरु लाई समेत प्रवद्र्धन गर्नुपर्ने बताए ।
छलफलको समापनमा संघका अध्यक्ष गिरिधारी सापकोटाले धरानले अन्य स्थानको समेत प्रवद्र्धन गर्नुपर्ने बताउ“दै त्यस्मा उपमहानगरपालिकाको सहकार्य जरुरी रहेकोमा जोड दिए । उनले भने ‘पर्यटकका लागि धार्मीक स्थलहरुका सार्थ धरान आसपासका नया“ क्षेत्र जस्तै शुलिकोट, सा“गुरीगढीलाई ऐतिहासिक स्थलको रुपमा परिचित गर्नुपर्ने तथा पञ्चकन्या बन लाई चिडीयाखानाको रुपमा विकास गर्नुपर्दछ ।’ सापकोटाले विष्णुपादुकामा केवलकार र औद्योगिक ग्राम स्थापनाको लागि संघले आवश्यक पहल गरेको बताए ।
छलफलमा होटल एशोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराई, होटल गजुरका रञ्जना झा, एक्स्ट्रीम धरानका रामप्रसाद राई, होटल सन्ध्या ईनका सञ्चालक रविन गौतम, उपमनपा पर्यटन समिति संयोजक किशोर थुलुङ्गले आआफ्ना धारणा राखेका थिए । सहजीकरण संघका सल्लाहकार कृष्ण शाहले गरे । संघको पर्यटन समिति संयोजक एलिना मगरले स्वागत मन्तव्य गरेकी थिइन् । महासचिव राजेश अग्रवालको सञ्चालनमा भएको छलफलमा धरानका ५० जना होटल व्यवसायीहरु सहभागी भएको संघका कार्यसमिति सदस्य विष्णु बरालले बताएका छन् ।